श्री भेरी माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति पुनर्गठन

  • मेरो जिल्ला
  • / जीवनशैली /
  • २०८२ मंसिर १३, शनिबार (१ हप्ता अघि)
  • ७५ पटक पढिएको

श्री भेरी माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति पुनर्गठन

सल्यानको कुमाख गाउँपालिका–१ टाट्रकेचौरस्थित श्री भेरी माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति (वि.व्य.स) पुनर्गठन गरिएको छ। मिति २०८२ मंसिर १२ गते सम्पन्न आम अभिभावक भेलाले नयाँ वि.व्य.स गठन गरेको हो । भेलाले आगामी कार्यकालका लागि पदम कुमारी रानालाई अध्यक्ष रहने गरी नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरेको छ। समितिको सदस्य सचिवमा पदम बहादुर कुमाल चयन भएका छन्।

नव– गठित निर्वाचित अन्य  सदस्यहरुमा डिल्ली बहादुर राना — वडा अध्यक्ष (पदेना सदस्य), पोषण राना — सदस्य, लालसिङ बादी — सदस्य, देवी बुढाथोकी — सदस्य, हिरा बुढाथोकी — सदस्य, सुशील शाही — सदस्य, प्रेमा बुढाथोकी राना — शिक्षक प्रतिनिधि सदस्य रहनुभएको छ ।
आशा रानाको अध्यक्षतामा बसेको भेलामा कुमाख गाउँपालिका–१ का वडा अध्यक्ष डिल्ली बहादुर राना प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो ।  सो कार्यक्रममा शिक्षा शाखाका अधिकृत दीपक चन्द, पूर्व वि.व्य.स सदस्य डम्बर बहादुर शाही विशिष्ट अतिथिका रूपमा उपस्थित रहनुभएको थियो । भेलामा अभिभावक, शिक्षक, स्थानीय बुद्धिजीवी तथा सरोकारवालाको उल्लेखनीय उपस्थिति रहेको विद्यालयले जनाएको छ।
कार्यक्रममा बोल्ने विभिन्न वक्ताहरूले विद्यालयको शैक्षिक गुणस्तर उकास्न वि.व्य.सको भूमिका महत्वपूर्ण रहने भन्दै नव–निर्वाचित समितिलाई सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका छन्।

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली