छात्रावासका बालबालिकालाई न्यानो कपडा वितरण

  • मेरो जिल्ला
  • / जीवनशैली /
  • २०८२ मंसिर १६, मंगलबार (१ हप्ता अघि)
  • ४४ पटक पढिएको

छात्रावासका बालबालिकालाई न्यानो कपडा वितरण

सल्यानको शारदा नगरपालिका ५ तल्लोमार्केस्थित श्री जनकल्याण प्राथमिक विद्यालयको छात्रावासमा बस्दै आएका बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ। छात्रावासमै आयोजित पत्रकार सम्मेलनमार्फत बालबालिकालाई सहयोग स्वरूप करिब ३५ थान न्यानो कपडा वितरण गरिएको हो।
शारदा नगरपालिकाका नगरप्रमुख प्रकाश भण्डारीको पहलमा, चितवन निवासी समाजसेवी शेरबहादुर परियारले यो सहयोग प्रदान गर्नुभएको थियो । छात्रावासमा बस्ने अधिकांश बालबालिका टुहुरा, गरिब तथा विपन्न परिवारबाट भएकाले न्यानो कपडाले उनीहरूको दैनिकी सहज हुने विद्यालयले जनाएको छ।


कपडा वितरण कार्यक्रममा बोल्दै नगरप्रमुख प्रकाश भण्डारीले असहाय र जोखिममा परेका बालबालिकालाई गुणस्तरीय शिक्षाको पहुँचमा ल्याउन नगरपालिकाले निरन्तर सहयोग गर्दै आएको बताउनु भयो ।।
आगामी दिनमा पनि आवश्यक स्रोत परिचालन गरी छात्रावासलाई अझ नमुना र प्रभावकारी बनाइने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । नगरप्रमुख भण्डारीका अनुसार, शारदा नगरपालिकाको यो सफल मोडेल देखेर अन्य स्थानीय तहहरूले समेत आफ्ना असहाय बालबालिकालाई यही छात्रावासमा पठाउन चाहना व्यक्त गर्दै आएका वताउनु भयो । हाल छात्रावासमा ३१ जना बालबालिका बस्दै आएका छन्।
उनीहरूलाई खाना, बसोबास, लत्ताकपडा, कापी–कलमदेखि नियमित पढाइसम्म सबै सुविधा नगरपालिका , स्थानीय , सहयोगी दाताहरु र विद्यालयले व्यवस्था गर्दै आएको छ। बालबालिकाको सिकाइ, स्वास्थ्य र सुरक्षित वातावरणलाई प्राथमिकता दिइएको विद्यालयले जनाएको छ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामबहादुर बुढाथोकीको अध्यक्षता र नगरप्रमुख प्रकाश भण्डारीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा
वडा नम्बर ५ का वडा अध्यक्ष प्रदीप शाही, वडा सदस्य कुलबहादुर रेउले, महेन्द्र रत्न माबि पिपल्नेताको विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरिराम शाही,
पत्रकार सरिता चलाउने, अमृत बुढाथोकी, प्रदीप घर्ती मगर, संघर्ष क्षेत्री, प्रअ डिल्लि भण्डारीलगायत शिक्षक, विद्यार्थी र अभिभावक उपस्थित रहेको थियो कार्यक्रमको सहजीकरण सहायक प्रअ कृष्ण बहादुर वलीले गर्नुभएको थियो ।

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली