
सल्यानको दार्मा गाउँपालिका–५ र बागचौर नगरपालिका–४ सिमानामा पर्ने ब्राथाम (जलेखर्क) मा आयोजित ब्राथाम मेला–२०७२ यस वर्ष उज्यालो युवा क्लब, बच्छेलाको आयोजनामा उत्साहका साथ सम्पन्न भएको छ।
क्लबका अनुसार स्थानीय समुदायले पछिल्ला वर्षहरूमा बिर्सिँदै गएको मौलिक कला–संस्कृति पुनः उजागर गर्ने उद्देश्यले मेलालाई यसपटक विशेष “माैलिकता संझना” मोडेलमा अघि बढाइएको हो। धेरै वर्षपछि स्थानीय संस्कृति, परम्परागत नाच, भेषभूषा र मौलिक गीतसंगीतलाई प्राथमिकता दिँदै रुकुम–सल्यानका विभिन्न कलाकारलाई अनौपचारिक निमन्त्रणामार्फत सहभागी गराइएको क्लबले जनाएको छ।
मेला कार्यक्रममा रुकुम रूँघाका हास्य कलाकार केशरराज मगरको टिम, सल्यान दार्माका नोखिराम परियारको टिम सांस्कृतिक समूहलगायतका कलाकारहरूले सांस्कृतिक प्रस्तुति दिएका थिए।
त्यसैगरी, कार्यक्रममा पत्रकार तथा सामाजिक अभियन्ताहरूलाई समेत क्लबले समानपत्र प्रदान गर्दै सम्मान गरेको थियो। सम्मानितमध्ये रेडियो समावेशीका स्टेसन म्यानेजर हिरालाल केसी, दियालो अनलाइन डटकमका सञ्चालक तथा समाजसेवी दिपक ओली सहित ७ जना रहेका थिए ।
कार्यक्रम क्लबका सचिव घनराज खड्का, कला–संस्कृति संयोजक टेकबहादुर केसी, सदस्य गणेश खड्कालगायतको उपस्थितिमा सम्पन्न गरिएको थियो।
“ब्राथाम क्षेत्रको मौलिकता बचाउन युवाहरूले लिन थालेको अग्रसरता भविष्यका लागि प्रेरणादायी रहेको <span;>सचिव खड्का जानकारी दिनुभयो ।।
