१७ बर्षपछी रेडियो शारदाको आफ्नै भवन वाट सेवा सुरु ।।

  • मेरो जिल्ला
  • / जीवनशैली /
  • २०८२ मंसिर २२, सोमबार (१ महिना अघि)
  • ११७ पटक पढिएको

१७ बर्षपछी रेडियो शारदाको आफ्नै भवन वाट सेवा सुरु ।।

ग्रामिण विकास सञ्चार केन्द्रको चौथो अधिवेशन तथा १७ औ साधारण सभा सम्पन्न भएको छ । रेडियो शारदा एफएम ९९ थोप्लो २ मेगाहर्जले आफ्नै भवन वाट सेवा प्राराम्भ भएको छ । भवनको कर्णाली प्रदेशका पूर्व मन्त्री तथा सासद भीमप्रकाश शमाले उद्घाटन गर्नुभएको हो । कार्यक्रमलाई सम्वोधन गर्दे पूर्व मन्त्री शर्माले समाजीक रुपान्तरणमा सामुदायिक एफएम रेडियोले महत्वपूर्णभूमिका खेलेको वताउनुभयो । उहाँले प्रविधीमा आएको फेरवदल भएपनि सञ्चार क्षेत्रको प्रभावकारितामा कमी नआएको वताउन’भयो । उहाले राजनीतिक क्षेत्रको मात्र होईन आर्थिक उत्पादनलाई रेडियोको कार्यक्रमको प्राथमिकता हुनुपर्ने वताउनुभयो ।
शारदा नगरपालिकाका उपप्रमुख सुस्मिता सापकोटाले स्थानीय सरकारले आफ्ना क्षेत्र भित्रका सञ्चार माध्याम संग सहकार्य गरिरहेको वताउनुभयो । उहाले भन्नुभयो स्थानीय सरकारले गरेका असल अभ्यासलाई जनता माझलैजाने र सञ्चार माध्यामको विकासमा सहयोग गर्नेछौ ।
सल्यानका निमित्त प्रमुख जिल्ला अधिकारी हरिशचन्द्र शर्मा विकासलाई भौतिक मात्र होईन मानविय विकास संग जोड्नुपनेै वताउनुभयो । प्रविधीमा आएको परिवर्तन, आर्थिक चुनौतिका विचमा संस्थाले आफ्नै भवन निर्माण गरेर सञ्चार माध्याम सञ्चालन गर्नु सुखद कार्य भएको वताउनुभयो ।


जिल्ला हुलाक अधिकृत चिन्तामणी रेग्मीले सञ्चारमाध्यमलाई उपयोग गर्न सवै सरोकारवालाले ध्यान दिनुपर्ने वताउनुभयो ।
नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष डिल्लीराज रावतले रेडियोले आफ्नो सामाग्री वदलिएको प्रविधिमा जोडेर लैजानु पर्ने वताउनुभयो ।
रेडियो राप्तीका अध्यक्ष रमेश कुमार गौतमले सामुदायिक रेडियो सञ्चालनमा आईरहेको चुनौतिका वावजुद रेडियो शारदाले आफ्नै भवनवाट सेवा दिनु उपलब्धी विषय भएको वताउनुभयो । कार्यक्रममा सरकारी,गैरसरकारी संस्थाका प्रतिनीधि, स्थानीयको सहभागिता रहेको थियो । रेडियो शारदा एफएमको भवन सरकारी सहयोग तथा संस्थाको लागत करिव ८३ लाखमा निर्माण भएको हो ।

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली