नेपाल कम्युनिस्ट पार्टी (माओवादी) सल्यानको आठौँ बैठक सम्पन्न

  • मेरो जिल्ला
  • / जीवनशैली /
  • २०८२ मंसिर २३, मंगलबार (१ महिना अघि)
  • १८४ पटक पढिएको

नेपाल कम्युनिस्ट पार्टी (माओवादी) सल्यानको आठौँ बैठक सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी (माओवादी) जिल्ला समिति सल्यानको आठौँ बैठक जिल्ला सदरमुकाम श्रीनगर बजारमा सम्पन्न भएको छ। निर्वाचन आयोगमा महासचिव विप्लव सीको नेतृत्वमा पार्टी दर्ता भएपछि जिल्लामा बसेको यो पहिलो महत्त्वपूर्ण बैठक केन्द्रीय सदस्य तथा जिल्ला सचिव कमरेड तेजबहादुर खड्का ‘अनिल सी’को अध्यक्षतामा सम्पन्न भएको हो। बैठकमा पार्टीका पोलिटब्युरो सदस्य तथा जिल्ला स्तरका वरिष्ठ वामपन्थी तथा समाजवादी नेता कमरेड मोहालाल चन्द ‘आधार सी’ मुख्य अतिथि रहनुभएको थियो। त्यस्तै, केन्द्रीय सदस्य कमरेड भीम भारती ‘भीमसेन सी’ अतिथिको रूपमा उपस्थिति जनाउनुभएको थियो।

बैठकमा जिल्लामा कार्यरत केन्द्रीय प्रतिनिधि समिति सदस्यसहित अन्य अतिथिहरूको समेत सहभागिता थियो।

दिनभर चलेको बैठकमा केन्द्रीय समिति तथा कर्णाली प्रदेश समितिको परिपत्र, साथै नवौँ केन्द्रीय समितिको तेस्रो विशेष बैठकले महासचिव विप्लव सीमार्फत पठाएको ‘विशिष्ट परिस्थितिको विशेष कार्यभार’ शीर्षक राजनीतिक प्रस्ताव प्रस्तुत गरिएको थियो। मुख्य अतिथि र अतिथिहरूले पार्टीको वर्तमान राजनीतिक अवस्था, वैचारिक स्पष्टता तथा आगामी कार्यदिशाबारे मार्गनिर्देशन गर्नुभएको बैठकमा सहभागीले बताएको छन्।

बैठकमा जिल्ला समितिका सचिवालय सदस्य, गाउँ तथा नगर समितिका इन्चार्ज तथा सचिवहरूले विभिन्न रिपोर्ट, धारणा तथा जिज्ञासा प्रस्तुत गरेका थिए। आठौँ जिल्ला बैठकले संगठन सुदृढीकरण, राजनीतिक कार्यक्रम, संघर्ष योजना, आर्थिक तथा प्रकाशन विभाग, हिउँदे उत्पादन कार्यक्रम र आसन्न प्रतिनिधिसभा निर्वाचनसम्बन्धी प्रस्तावहरूमा विस्तृत छलफल गरी आवश्यक निर्णयहरू गरेको जनाएको छ।

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली