दार्मा गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न : सुशासन, विकास र सेवा प्रवाहका विषयमा छलफल

  • मेरो जिल्ला
  • / जीवनशैली /
  • २०८२ मंसिर २४, बुधबार (१ महिना अघि)
  • ८१ पटक पढिएको

दार्मा गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न : सुशासन, विकास र सेवा प्रवाहका विषयमा छलफल

दार्मा गाउँपालिका सल्यानकोे चालु आर्थिक बर्ष २०८१÷८२ को पहिलो चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । दार्मा गाउँपालिकाकाले स्थानीय तहमा सुशासन, सामाजिक उत्तरदायित्व, जवाफदेहिता र पारदर्शिता संस्थागत गर्न आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा चालु आर्थिक बर्षको चार महिनामा सञ्चालन भएका योजना तथा कार्यक्रम र आय व्ययको सार्वजनिक सुनुवाइ मार्फत जानकारी गराएको हो । सार्वजनिक सुनवाइ कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेशम ओलीले ४ महिनामा सम्पन्न भएका काम र आगामी योजनाका बारेको कार्यपत्र सुनाउनु भएको थियो । गाउँपालिकाको वार्षिक कार्यक्रम, बजेट तथा सेवा प्रवाहलाई जनतामाझ पारदर्शी बनाउने उद्देश्यले गरिएको सुनुवाइमा विभिन्न स्थानीय तथा सरोकार राख्ने व्यक्तिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागी स्थानीयले विशेषगरी खानेपानी आपूर्ति, विद्यालयहरूको भौतिक पूर्वाधार, स्वास्थ्य सेवा पहुँच, रोजगारी सिर्जना तथा विकास निर्माणको गुणस्तर जस्ता मुद्दाहरू उठाएका थिए ।


सामाजिक तथा भौगोलिक रूपले विविधतापूर्ण दार्मा गाउँपालिकामा आधारभूत सुविधा विस्तारमा देखिएका चुनौतीबारे नागरिकहरूले खुलेर धारणा राखका थिए । स्थानीयहरूबाट आएका प्रश्न तथा जिज्ञासामा गाउँपालिका अध्यक्ष निम बहादुर केसी र उपाध्यक्ष जुना मल्ल र प्रशासकीय अधिकृतले सम्बन्धित विषयमा जवाफ दिनुभएको थियो ।
अध्यक्ष केसीले खानेपानी तथा पूर्वाधार विकासका दीर्घकालीन परियोजनाहरू तीव्र रूपमा अघि बढाइरहेको बताउँदै जनसहभागितामै आधारित योजनाले मात्र स्थायी समाधान दिन सक्ने उल्लेख गर्नुभयो । उपाध्यक्ष मल्लले शिक्षा, स्वास्थ्य तथा सामाजिक विकासका कार्यक्रमलाई आगामी वर्ष विशिष्ट प्राथमिकतामा राखिएको जानकारी दिँदै न्यायीक क्षेत्र, महिलामैत्री, बालमैत्री तथा गरिब लक्षित कार्यक्रम अझ प्रभावकारी रूपमा सञ्चालन गर्ने प्रतिवद्धता जनाउनुभयो । गाउँपालिकाका जनप्रतिनिधिहरूले उठाइएका सुझाव र गुनासा आगामी नीति तथा कार्यक्रम निर्माणमा समेटिने जानकारी दिइएको छ । कार्यक्रममा वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, स्थानीय बासिन्दा, विद्यालयका शिक्षक, स्वास्थ्यकर्मी, महिला समूहका प्रतिनिधि, नागरिक समाज, राजनीतिक दलका नेता बिद्यार्थीको उपस्थिति थियो । कार्यक्रमको सहजीकरण प्रकृती मल्टीप्रपोज मिडीया प्रालीले गरेको थियो भने सञ्चालन पत्रकार सरिताद चलाउनेले गर्नुभएको थियो ।

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली