अमेरिकामा बस्दै आएका रानाद्धारा विद्यार्थी र अपांगता व्यक्तिलाई न्यानो कपडा

  • मेरो जिल्ला
  • / जीवनशैली /
  • २०८२ मंसिर २४, बुधबार (१ महिना अघि)
  • १२३ पटक पढिएको

अमेरिकामा बस्दै आएका रानाद्धारा विद्यार्थी र अपांगता व्यक्तिलाई न्यानो कपडा

सल्यानका विभिन्न चार विद्यालयका विद्यार्थी र शारिरीक अपांगता भएका व्यक्तिलाई न्यानो कपडा वितरण गरिएको छ । अमेरिकामा बस्दै आएका सल्यान बनगाड कुपिण्डे नगरपालिका २ वेतेनिका जनकराज रानाले १५३ विद्यार्थी र ११ शारिरीक अपांगता भएका व्यक्तिलाई न्यानो कपडा वितरण गर्नु भएको हो ।

बनगाड कुपिण्डे नगरपालिका २ मा रहेका चार विद्यालय श्री आधारभूत विद्यालय लाहाघाटका ८९ जना, श्री जनकल्याण प्रा।वि। राइराका २८ जना, श्री बासुका प्रा।वि।बेतेनीका २९ जना, श्री भगवती प्रा।वि। बाहुनगाउँका ७ जना गरी १५३ विद्यार्थी र राइरा ४ जना र लाहाघाटका ७ गरी ११ जना शारिरीक अर्पागता भएका व्यक्तिलाई न्यानो कपडा वितरण गरी सहयोग गर्नुभएको छ । जाडो मौसममा विद्यार्थीहरूलाई सहज रूपमा विद्यालय आउन–जान तथा अध्ययन–अध्यापनमा सहभागिता बढोस भन्ने उद्देश्यले न्यानो कपडा सहयोग प्रदान गरेको रानाले बताउनु भयो । सामाजिक कार्य मिलेर बनाउन सकिने तथा सबै कुरा राज्य सरकारको मुख ताक्नु भन्दा आ आप्नो क्षेत्रबाट गर्न सकिने कुरा गर्नु पर्ने उहाँको भनाई छ । बिगत ५ वर्ष देखि अमेरिकामा बस्दै आउनु भएका रानाले अझै थप केही विद्यालयमा सहयोग गर्ने समेत उनले बताउनु भयो ।

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली