
सल्यानको कुमाख गाउँपालिकामा आँखा जाँच तथा मोतियाबिन्दु शिविर बाट एक हजार बढिले सेवा लिएका छन । गाउँपालिकाको आयोजना र रुइत फाउन्डेसन तथा नेपाल रेडक्रस सोसाइटीको सहयोगमा सुर्खेत आँखा अस्पतालको प्राविधिक समन्वयमा सञ्चालन भएको आँखा शिविर बाट १ हजार १ सय २४ जनाले आँखा जाँच सेवा लिएका हुन । ५ दिन सम्म विभिन्न स्थानमा सञ्चालन भएका ६ वटा शिविरमार्फत अक्षर पढ्न कठिनाई भएका १ सय ९४ जनालाई निःशुल्क चश्मा वितरण गरिएको शाखा प्रमुख मानसिङ वलीले जानकारी दिनुभयो ।
उहाँका अनुसार जाँचका क्रममा १ सय ७२ जना व्यक्तिमा मोतिया बिन्दुको समस्या पत्ता लागेको थियो । उनीहरूलाई लक्षित गरी मंसिर २२ देखि २५ गतेसम्म सेराडाँडास्थित पाँच शैयाको सहिद स्मृति अस्पतालमा शिविर संचालन गरिएको हो । नयाँ भवनमा सञ्चालन गरिएको शल्यक्रिया शिविरमा १ सय २ जनाको मोतियाबिन्दु र २ जनाको आँखामा मासु पलाएको गरी जम्मा १ सय ४ जनाको सफल अपरेशन गरिएको उहाँले बताउनु भयो । शल्यक्रियामा डाक्टरहरू सविना पराजुली र प्रेम दिक्षित तथा सुर्खेत आँखा अस्पतालको विशेषज्ञ टोलीले सञ्चालन गरेको बताउनु भयो ।
