नेपाली सेनाद्वारा विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री वितरण

  • मेरो जिल्ला
  • / जीवनशैली /
  • २०८२ मंसिर २७, शनिबार (१ महिना अघि)
  • २४६ पटक पढिएको

नेपाली सेनाद्वारा विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री वितरण

सल्यानमा नेपाली सेनाले एक सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको छ । श्री सिद्धिबक्स गण सिमखर्क व्यारेकले त्रिवेणी गाउँपालिका ६ भुम्केज्यूलामा रहेको श्री पशुपती आधारभूत विद्यालयका ७५ जना बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरेको हो । नेपाली सेना र नागरिकबीचको सम्बन्ध सुदृढ बनाउने उद्देश्यसहित जिल्लामा सामाजिक उत्तरदायित्व कार्यक्रमलाई निरन्तरता दिएको श्री सिद्धिबक्स गणका प्रमुख सेनानी शिव नारायण श्रेष्ठले जानकारी दिनुभयो । यही कार्यक्रमअन्तर्गत नेपाली सेनाले विद्यार्थीहरूलाई स्टेशनरी तथा खेलकुद सामग्री वितरण गरेको बताउनु भयो ।
उहाँका अनुसार विद्यार्थीहरूलाई झोला, कापी, कलम, ज्यामिति बक्स, क्यारम बोर्ड, ब्याडमिन्टन सेटलगायतका विभिन्न शैक्षिक तथा खेलकुद सामग्रीहरू प्रदान गरिएको हो । कार्यक्रमले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको शैक्षिक तथा शारीरिक विकासमा टेवा पुग्ने विश्वास लिइएको उहाँले बताउनु भयो ।
यस्तै कार्यक्रममा विद्यार्थीहरूलाई लक्षित गरी जोइन द नेपाली आर्मी विषयक विशेष अभिमुखीकरण कक्षा सञ्चालन गरिएको थियो । उक्त कक्षामार्फत नेपाली सेनामा भर्ना हुने प्रक्रिया, आवश्यक योग्यता, तालिम, अनुशासन तथा राष्ट्रसेवाको महत्वबारे विस्तृत जानकारी प्रदान गरिएको थियो। सेनाले यस किसिमको कक्षाले विद्यार्थीहरूमा देशप्रेम, अनुशासन र जिम्मेवारीबोध विकास गर्न सहयोग पुग्ने प्रमुख सेनानी श्रेष्ठले बताउनु भयो ।


कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक ज्ञान बहादुर वलीले नेपाली सेनाले गरेको सहयोग प्रती खुसी हुँदै धन्यवाद व्यक्त गर्नुभयो । उहाँले यस्तो सहयोगले नेपाली सेना र समुदाय तथा बिद्यार्थी बिच पारस्परिक सम्बन्ध कायम भएको समेत उल्लेख गर्नुभयो ।
कार्यक्रममा त्रिवेणी गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष मनोज शाह , विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू, शिक्षकहरू, विद्यार्थीहरू, अभिभावकहरू तथा नेपाली सेनाका अधिकृतहरूको उपस्थिति रहेको थियो । सहभागीहरूले नेपाली सेनाको यस पहलको प्रशंसा गर्दै यस्ता कार्यक्रमले सैनिक र नागरिकबीचको आपसी सम्बन्ध थप मजबुत बनाउने बताएका छन् । सल्यान जिल्लामा नेपाली सेनाले सैनिक–नागरिक सम्बन्ध कार्यक्रम अन्तर्गत यस प्रकारका सामाजिक, शैक्षिक तथा जनहितका कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गर्दै आएको छ । आगामी दिनहरूमा पनि समुदायसँग सहकार्य गर्दै यस्ता कार्यक्रमलाई थप विस्तार गर्ने नेपाली सेनाले जनाएको छ ।

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली