कपुरकोट गाउँपालिकाको प्रथम चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

  • मेरो जिल्ला
  • / जीवनशैली /
  • २०८२ पौष २, बुधबार (१ महिना अघि)
  • ११२ पटक पढिएको

कपुरकोट गाउँपालिकाको प्रथम चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

कपुरकोट गाउँपालिकाको आर्थिक वर्ष २०८२÷०८३ को प्रथम चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । गाउँपालिका ५ महिनामा गरेका सार्वजनिक गर्दै वडा नं. ६ अन्तर्गत पर्ने सातामूल बराह क्षेत्रमा सम्पन्न भएको हो । गाउँपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, सम्बन्धित वडा अध्यक्ष, कार्यपालिका सदस्य तथा वडा सदस्यहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागी सर्वसाधारण नागरिकहरूले स्थानीय तहबाट प्रवाह भइरहेका सेवा, विकास निर्माण तथा योजना कार्यान्वयनसम्बन्धी विभिन्न विषयमा जिज्ञासा, सुझाव तथा गुनासाहरू राखेका थिए ।

सुनुवाइ कार्यक्रममा सहभागीहरूले विशेषगरी बाटो निर्माण तथा मर्मत, सुरक्षित खानेपानीको व्यवस्था, कृषि उत्पादन वृद्धिसँगै त्यसको बजारीकरण, ग्रामीण विद्युतीकरण तथा अन्य भौतिक पूर्वाधार विकासका विषयमा समस्या र अपेक्षाहरू उठाएका थिए । नागरिकले उठाएका यी विषयहरूमा गाउँपालिका अध्यक्ष, दुर्गा पुन, उपाध्यक्ष प्रकाश भण्डारी तथा प्रमुख प्रशासकीय अधिकृतले स्पष्ट जवाफ दिँदै हालसम्म भएका प्रगति, आगामी योजना तथा समाधानका उपायबारे जानकारी गराउनुभएको थियो । जनप्रतिनिधि र सेवाग्राहीबीच प्रत्यक्ष संवाद, सुझाव संकलन तथा गुनासो सुनुवाइमार्फत सेवा प्रवाहलाई अझ प्रभावकारी, पारदर्शी र जवाफदेही बनाउने विषयमा महत्वपूर्ण छलफल भएको थियो। कार्यक्रममा कपुरकोट गाउँपालिकाका सर्वसाधारण नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सार्वजनिक सुनुवाइ कार्यक्रमको सहजीकरण पत्रकार सरिता चलाउनेले गर्नुभएको थियो। जनसहभागिता, पारदर्शिता र सुशासन प्रवद्र्धन गर्ने उद्देश्यअनुरूप आयोजना गरिएको कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको गाउँपालिकाले जनाएको छ ।

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली