
सल्यानमाम चालू आर्थिक वर्ष २०८२÷८३ का लागि ३५ वटा सडक तथा पुल निर्माणका योजना कार्यान्वयनमा ल्याइएको छ । जिल्लाको भौतिक पूर्वाधार सुदृढीकरण गर्ने उद्देश्यसहित पूर्वाधार विकास कार्यालय सल्यानले २८ वटा सडक, ५ वटा मोटरेबल पुल तथा २ वटा झोलुङ्गे पुल निर्माणको योजना अघि बढाइएको जनाएको छ ।
कार्यालय अनुसार हालसम्म ३० वटा योजनाको ठेक्का सम्झौता सम्पन्न भई निर्माण कार्य अगाडी बढाइएको छ भने बाँकी ५ वटा योजना ठेक्का प्रक्रियामा रहेका छन ्। कार्यालय प्रमुख नवीन थापाका अनुसार ती योजनाहरू पनि छिट्टै सम्झौता भई कार्यान्वयनमा आउने तयारीमा छन् ।
गत आर्थिक वर्षदेखि निरन्तरता पाएका क्रमागत, बहुवर्षीय तथा चालू आर्थिक वर्षका नयाँ योजनासमेत गरी कुल ५२ वटा योजनामा काम लाई अगाडी बढाइएको बताउनु भयो । यी योजनाले जिल्लाको यातायात पहुँच, आवागमन सहजता तथा ग्रामीण क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको बताउनु भयो । यसैगरी, प्रदेश जनता आवास तथा विपन्न आवास कार्यक्रमअन्तर्गत जिल्लाभर ३४ वटा घर निर्माण गरिने लक्ष्य रहेको छ । आर्थिक रूपमा कमजोर तथा विपन्न वर्गलाई लक्षित गरी आवास सुविधा उपलब्ध गराउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो । चालू आर्थिक वर्षमा जिल्लाभर २० किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य निर्धारण गरिएकोमा हालसम्म करिब १.५ किलोमिटर सडक कालोपत्रे सम्पन्न भइसकेको छ । त्यसैगरी ३० किलोमिटर ग्राभेल सडक, ३२ किलोमिटर माटे सडक निर्माण, ३५ किलोमिटर सडक स्तरोन्नति तथा नाला निर्माण गर्ने लक्ष्य समेत रहेको बताउनु भयो ।
त्यसैगरी, यस आर्थिक वर्षमा ४ वटा नयाँ झोलुङ्गे पुल, ३ वटा सडक पुल तथा ६ वटा सार्वजनिक भवन निर्माण गर्ने लक्ष्य तय गरिएको छ । गत आर्थिक वर्षका बहुवर्षीय योजनासहित चालू आर्थिक वर्षका सबै योजना समयमै सम्पन्न गर्ने लक्ष्य कार्यालयले लिएको छ । निर्माण कार्यलाई तीव्रता दिन, गुणस्तर सुनिश्चित गर्न तथा निर्धारित समयभित्र योजना सम्पन्न गर्न कार्यालयले अनुगमन तथा सुपरीवेक्षणलाई अझ प्रभावकारी बनाइने कार्यालय प्रमुख थापाले जानकारी दिनुभयो । जिल्लाको समग्र विकासका लागि पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै कार्यालयले निरन्तर प्रयास गरिरहेको उहाँको भनाइ छ ।
