कुमाख गाउँपालिकाका ११ खानेपानी मुहानमा कोलिफर्म जीवाणु फेला

  • मेरो जिल्ला
  • / जीवनशैली /
  • २०८२ पौष १६, बुधबार (३ हप्ता अघि)
  • ९६ पटक पढिएको

कुमाख गाउँपालिकाका ११ खानेपानी मुहानमा कोलिफर्म जीवाणु फेला

सल्यानको कुमाख गाउँपालिकाभित्र रहेका विभिन्न खानेपानी मुहानको पानी परीक्षण गर्दा ११ वटा मुहानमा दिसाबाट सर्ने जीवाणु (कोलिफर्म) फेला परेको छ । सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता वास परियोजनाको सहकार्यमा पालिकाभित्रका कुल ८३ वटा खानेपानी मुहानको पानी परीक्षण गरिएको हो । परीक्षणका क्रममा ११ वटा मुहानमा कोलिफर्म जीवाणु तथा १० वटा मुहानमा धमिलोपना देखिएको छ भने बाँकी मुहानहरूको पानी नेपाल सरकारद्वारा निर्धारण गरिएको मापदण्डअनुसार सुरक्षित रहेको पाइएको छ ।


कुमाख गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलिप कुमार सोनीका अनुसार पानी परीक्षण सातवटा प्रमुख प्यारामिटरका आधारमा गरिएको हो । यही महिनाको ८ गतेदेखि १२ गतेसम्म गरिएको परीक्षणबाट केही मुहानमा समस्या देखिएको जानकारी दिँदै उहाँले नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने विषय भएकाले पानीको गुणस्तरलाई उच्च प्राथमिकतामा राखिएको बताउनुभयो । “नागरिकलाई सुरक्षित खानेपानी उपलब्ध गराउनु पालिकाको प्रमुख दायित्व हो,” उहाँले भन्नुभयो, “परीक्षणमा समस्या देखिएका खानेपानी मुहानहरूमा आवश्यक सुधारात्मक कार्य तत्काल अघि बढाइनेछ ।”

पालिका वास संयोजक भरत डि.सी.ले परीक्षणबाट प्राप्त नतिजाका आधारमा जोखिमयुक्त मुहानहरूमा सुधार योजना तयार गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार मुहान संरक्षण, नियमित पानी परीक्षण, क्लोरिनेशन तथा समुदायस्तरमा व्यवहार परिवर्तनसम्बन्धी कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गरिनेछ । “पानीको गुणस्तर सुधार गर्न प्राविधिक उपायसँगै समुदायको सचेतना र सहभागिता अत्यन्त आवश्यक भएको उहाँले बताउनुभयो । वन, वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख जीवन शर्माले पानी गुणस्तर परीक्षण कार्यक्रमले समुदायमा सरसफाइ र वातावरणीय सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पु¥याएको बताउनुभयो । उहाँका अनुसार पानीको गुणस्तरमा देखिएका समस्याको दिगो समाधानका लागि समुदायको सक्रिय सहभागिता अपरिहार्य छ । कुमाख गाउँपालिकाले आगामी दिनहरूमा पनि क्ग्क्ध्ब् परियोजनाको सहकार्यमा खानेपानी गुणस्तर सुधारसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली