कालिमाटी गाउँपालिकाद्वारा जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण

  • मेरो जिल्ला
  • / जीवनशैली /
  • २०८२ पौष १६, बुधबार (३ हप्ता अघि)
  • ७४ पटक पढिएको

कालिमाटी गाउँपालिकाद्वारा जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण

सल्यानको कालिमाटी गाउँपालिकाले ८० वर्ष माथिका जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ । जेष्ठ नागरिकलाई सम्मान गर्नुका साथै चिसोबाट जोगाउन मद्दत पुग्ने उद्देश्यले बुधबार एक कार्यक्रमको आयोजना गरी वितरण गरेकोे हो ।
आर्थिक बर्ष २०८२÷८३ को कार्यक्रम अन्तर्गत वडा नम्बर २ र ३ का ८० वर्ष माथिका ६८ जना जेष्ठ नागरिकलाई न्यानो कपडा प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष दानबहादुर केसीले जानकारी दिनुभयो । उहाँका अनुसार जेष्ठ नागरिकको स्वास्थ्य तथा सुरक्षालाई ध्यानमा राख्दै प्रत्येक वर्ष पालिकाले न्यानो कपडा वितरण गर्दै आएको छ ।


“जेष्ठ नागरिकको अनुभूति, सीप र योगदान हाम्रो समाजका लागि महत्वपूर्ण सम्पत्ति भएकाले “उनीहरूलाई सम्मान गर्ने तथा उनीहरूको जिवन सहज बनाउन सहयोग पु¥याउन पालिकाको दायित्व पनि भएकाले यस्ता कार्यक्रमलाई प्राथामिकता दिएको बताउनु भयो । गाउँपालिकाका ७ वटै वडामा छुट्टाछुट्टै कार्यक्रममार्फत कुल १ सय ९० जना जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिने पालिकाले जनाएको छ ।

पहिलो चरणमा वडा नम्बर २ र ३ मा वितरण सुरु गरिएको र बाँकी वडामा क्रमशः वितरण गरिदै जाने जानकारी पनि अध्यक्ष केसीले दिनुभयो । सामाजिक न्याय र समावेशी विकासलाई प्राथमिकतामा राख्दै, संविधानले समावेश गरेका जेष्ठ नागरिकका हक–अधिकारको सुनिश्चितताका लागि पालिकाले पुर्वाधारसँगै मानवीय विकासका कार्यक्रमलाई निरन्तरता दिइरहेको उहाँको भनाइ थियो । कार्यक्रममा स्थानीय प्रतिनिधि, कर्मचारी तथा जेष्ठ नागरिकका आफन्तजनको समेत सक्रिय उपस्थिति रहेको थियो । न्यानो कपडा पाएका जेष्ठ नागरिकहरूले पालिकाले आफूहरूलाई दिएको ध्यानप्रति खुशी व्यक्त गर्दै धन्यवाद दिएका छन्।

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली