ग्यास सिलिन्डर विस्फोट हुँदा भारतमा ९ जना नेपालीको मृत्यु, मृत्यु हुने सबै सल्यानका


ग्यास सिलिन्डर विस्फोट हुँदा भारतमा ९ जना नेपालीको मृत्यु, मृत्यु हुने सबै सल्यानका

भारतको हिमाचल प्रदेशस्थित अर्की क्षेत्रमा ग्यास सिलिन्डर विस्फोट हुँदा ९ जना नेपालीको मृत्यु भएको छ । मृत्यु हुने सबै सल्यान जिल्लाको सिद्धकुमाख गाउँपालिका वडा नम्बर २ टाकुराका दुई परिवारका सदस्य रहेको पारिवारिक स्रोतले जनाएको छ ।
सोमबार बिहान करिब २ बजेको समयमा उनीहरू सुतिरहेको कोठामा राखिएको ग्यास सिलिन्डर अचानक विस्फोट हुँदा घटना भएको हो । विस्फोटपछि आगलागी समेत भएको वरपरका घरहरु समेत जलेर ध्वस्त भएका छन । उनीहरूको घटनास्थलमै ज्यान गएको बताइएको छ । सिद्धकुमाख गाउँपालिका वडा नम्बर २ का वडा सदस्य लक्ष्मी विकका अनुसार दुर्घटनामा ज्यान गुमाउनेहरूमा ३३ वर्षीय धनबहादुर विक, उहाँकी ३२ वर्षीया श्रीमती कविता विक, १६ वर्षीया छोरी राधा विक, १० वर्षीया छोरी रेणुका विक र २२ महिनाको छोरा राजन विक रहेका छन ्। यसैगरी अर्को परिवारका ४६ वर्षीय काशीराम विक, उहाँकी ३२ वर्षीया श्रीमती टीका विक, ११ वर्षीया छोरी अनु विक र ७ वर्षीय छोरा किरण विकको पनि मृत्यु भएको वडा सदस्य विकले जानकारी दिनुभयो । उनीहरू विगत करिब दुई वर्षदेखि रोजगारीका लागि भारत गएका थिए र सोही क्षेत्रमा मजदुरी गर्दै आएका थिए । स्थानीय स्रोतका अनुसार उनीहरू बसोबास गरिरहेको कोठामै ग्यास सिलिन्डर राखिएको थियो, जहाँबाट दुर्घटना भएको बुझिएको छ । अहिले सम्म ५ जनाको शव फेला परेको छ भने बाकि शवको खोजिकार्य जारी छ । शव तितर वितर भएकाले हालसम्म सबै शव खोज्न मुस्किल भैरहेको बताइएको छ । स्थानीय प्रशासन र सुरक्षाकर्मीले घटनाको कारणबारे थप अनुसन्धान गरिरहेका छन ्। एकै गाउँका ९ जनाको एकैपटक मृत्यु भएपछि सिद्धकुमाख गाउँपालिका वडा नम्बर २ यतिबेला गहिरो शोकमा डुबेको छ । गाउँभरि शोकमा डुवेको छन भने आफन्त तथा छिमेकीहरू स्तब्ध बनेका छन् ।

वडा अध्यक्ष मेकराज बुढाथोकीका अनुसार घटनाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मंगलबार वडामा शोक सभा आयोजना गरिनेछ । साथै वडा कार्यालयसहित सम्बन्धित सरकारी कार्यालयहरूमा पनि शोक बिदा दिइने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो । रोजगारी गरेर परिवार पाल्ने सपना बोकेर गएका गाउँका नागरिक यसरी अकालमै ज्यान गुमाउनु अत्यन्त दुःखद र पीडादायी घटना भएको बताउनु भयो ।

छुटाउनु भयो की?

ताजा अपडेट

१ हप्ता अघि

आस कहिल्यै मर्दैन

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली