सल्यानमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

  • मेरो जिल्ला
  • / जीवनशैली /
  • २०८२ माघ २, शुक्रबार (१ महिना अघि)
  • ७७ पटक पढिएको

सल्यानमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सल्यानमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्ला अदालत सल्यानमा शुक्रबार आयोजित एक कार्यक्रमबीच कार्यालयको उद्घाटन गरिएको हो । निर्वाचन आयोगले सल्यान जिल्ला अदालतका न्यायाधीश प्रलाहद योगीलाई मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी दिएको छ । कार्यालय उद्घाटन गर्दै मुख्य निर्वाचन अधिकृत योगीले आयोगको निर्देशनअनुसार निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन आफू प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले निर्वाचनलाई प्रजातन्त्रको मेरुदण्डका रूपमा उल्लेख गर्दै सफल निर्वाचनका लागि सबै पक्षको भूमिका महत्वपूर्ण हुने र सबैबाट सहयोग आवश्यक रहेको बताउनुभयो । कार्यालय स्थापना भएपछि निर्वाचन कार्यतालिका सार्वजनिक गरी सोही अनुसार काम अगाडि बढाइने जानकारी दिनुभयो ।

मुख्य निर्वाचन अधिकृत योगीका अनुसार कार्यालयमा सहायक निर्वाचन अधिकृतसहित ७ जना कर्मचारी खटाइएको छ भने निर्वाचन कार्यालयसँग समन्वय गरेर काम गरिनेछ । उहाँले भन्नुभयो, “निर्वाचनको विकल्प भनेकै निर्वाचन हो । यसलाई शान्तिपूर्ण, मर्यादित र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय पूर्ण निष्पक्षताका साथ काम गर्नेछ ।”
उहाँले निर्वाचन कार्यतालिका अनुसार मनोनयन दर्तादेखि मतदान र मतगणनासम्मका सबै प्रक्रिया पारदर्शी ढङ्गले अघि बढाइने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी महेन्द्र सापकोटा, सुरक्षा निकायका प्रमुखहरू, नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष डिल्लीराज रावतलगायतको उपस्थिति रहेको थियो ।

छुटाउनु भयो की?

ताजा अपडेट

१ हप्ता अघि

आस कहिल्यै मर्दैन

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली