सल्यानमा एक बृद्ध घरमै मृत अवस्थामा भेटिए

  • मेरो जिल्ला
  • / जीवनशैली /
  • २०८२ माघ ३, शनिबार (१ महिना अघि)
  • ६७ पटक पढिएको

सल्यानमा एक बृद्ध घरमै मृत अवस्थामा भेटिए
सल्यानमा एक बृद्ध घरमै मृत अवस्थामा भेटिएका छन । जिल्लाको सिद्धकुमाख गाउँपालिका ३ गतेर्नाका अन्दाजी ८० बर्षका कर्णबहादुर बोहरा घरमै मृत भेटिएका हुन । जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकारी प्रहरी निरिक्षक पुर्णबहादुर केसिका अनुसार शारिरीक रुपमा केही अशक्त बोहरा शुक्रबार बेलुकी एक आफन्तसंग मदिरा सेवनका साथै खाना खाई सुतेका थिए । उनी सुतेकै अवस्थामा मृत भेटिएका हुन ।
चार भाई छोरा रोजगारीको लागि भारतमा गएकाले बृद्ध बोहराका छोरा र नातिनी बुहारीसंग बस्दै आएका थिए । मृत अवस्थामा भेटिएका बृद्धको सव अहिले पोष्टमार्टमको लागि जिल्ला अस्पताल पठाउने तैयारी भैरहेको सुचना अधिकारी प्रहरी नरिक्षक केसिले जानकारी गराउनु भयो  । उहाँका अनुसार घटना बारे थप अनुसन्धान भैरहेको छ ।
छुटाउनु भयो की?

ताजा अपडेट

१ हप्ता अघि

आस कहिल्यै मर्दैन

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली