दार्मा गाउँपालिकाका १२ किसानलाई १५ दिने मिनि टिलर मर्मत तालिम

  • मेरो जिल्ला
  • / जीवनशैली /
  • २०८२ माघ ८, बिहिबार (३ हप्ता अघि)
  • ७७ पटक पढिएको

दार्मा गाउँपालिकाका १२ किसानलाई १५ दिने मिनि टिलर मर्मत तालिम

सल्यानको दार्मा गाउँपालिकाका १२ जना किसानलाई १५ दिने मिनि टिलर ९हाते ट्रेक्टर० मर्मतसम्बन्धी तालिम प्रदान गरिएको छ। उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानको आयोजना तथा दार्मा गाउँपालिकाको साझेदारीमा उक्त तालिम सञ्चालन गरिएको हो।
कार्यालयको चालू आर्थिक वर्ष २०८२र०८३ को स्वीकृत प्रविधि तथा मागमा आधारित सीप विकास तालिम कार्यक्रम अन्तर्गत किसानहरूलाई मिनि टिलर मर्मत तालिम प्रदान गरिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानका सूचना अधिकारी ध्रुव खत्रीले जानकारी दिनुभयो।
तालिमको समापन आज एक कार्यक्रमका बीच गरिएको छ। दार्मा गाउँपालिकाका उपाध्यक्ष जुना मल्ल चन्दको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रतिनिधि कृष्णबहादुर बोहराले अध्यक्षता गर्नुभएको थियो।


दार्मा गाउँपालिकाका विभिन्न वडाबाट सहभागी किसानहरूलाई कपुरकोट गाउँपालिका–१ निवासी प्रशिक्षक हुमबहादुर कवरले प्रशिक्षण दिनुभएको हो। तालिममा सहभागी १२ जना मध्ये अधिकांशले व्यवसाय दर्ता गरी स्वरोजगारमा आबद्ध हुने र अन्यलाई समेत रोजगारी दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
तालिमले कृषि क्षेत्रमा भइरहेको आधुनिकिकरणलाई थप सुदृढ बनाउने सहभागीहरूको भनाइ छ। विशेष गरी ग्रामीण बस्तीहरूमा प्रयोगमा रहेका मिनि टिलरहरू स्थानीय तहमै मर्मत सम्भार हुन थालेपछि किसानहरूले सहज रूपमा सेवा पाउने अपेक्षा आयोजकले गरेका छन्।
समापन कार्यक्रममा सहभागीहरूलाई आगामी दिनमा व्यवसायिक रूपमा अघि बढ्न प्रोत्साहन गर्ने उद्देश्यले प्रत्येक सहभागीलाई मिनि टिलर मर्मतसम्बन्धी आवश्यक औजारहरू ९टुल्स सेट० निःशुल्क वितरण गरिएको थियो।
कार्यक्रममा दार्मा गाउँपालिकाको आर्थिक विकास समितिका संयोजक धनिराम नेपाली, कृषि विकास अधिकृत रामहरि गैरेलगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन ध्रुवबहादुर खत्रीले गर्नुभएको थियो।

छुटाउनु भयो की?

ताजा अपडेट

१ हप्ता अघि

आस कहिल्यै मर्दैन

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली