
सल्यानमा अटो दुर्घटनामा परि घाइते भएका १ जनाको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको सिद्धकुमाख गाउँपालिका १ मेलचौरका ७८ बर्षका टक बहादुर रेउले रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । उनको उपचारको क्रममा क्रममासंजिवनी मेडिकल कलेजमा नेपालगञ्जमा मृत्यु भएको हो ।
गएका सोमबार दिउँसो शारदा नगरपालिका–१ श्रीनगरबाट खलंगातर्फ आउँदै गरेको रा १ ह २१९५ नम्बरको अटो शारदा नगरपालिका–२ खलंगास्थित खानेपानी तथा ऊर्जा विकास कार्यालयको क्वार्टर नजिकै दुर्घटना हुँदा १० जना जना घाइते भएका थिए । दुर्घटनामा परी घाइते भएका सात जनालाई जिल्ला अस्पताल सल्यानले नेपालगन्ज रिफर गरेको थियो । उनिहरु मध्य एक जनाको मृत्यु भएको र बाकि ६ जनाको उपचार भैरहेको प्रहरीले जनाएको छ । सामान्य घाइते भएको ३ जना भने जिल्ला अस्पतालमै उपचार पछि घर फर्किएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरिक्षक पुर्ण केसीले जानकारी दिनुभयो । अटोमा चालकसहित चार जना मात्र चढ्न मिल्ने अटोमा ११ जना सवार थिए । क्षमताभन्दा बढी यात्रु राखेकै कारण अटो अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । अटोरिक्सा सडकदेखि ५ सय मिटर तल खसेको थियो ।
