सार्वजनिक शिक्षालाई सुधार गर्न राज्यले ठोस नीति ल्याउनुपर्नेमा जोड

  • मेरो जिल्ला
  • / मुख्य समाचार /
  • २०८१ चैत्र २८, बिहिबार (९ महिना अघि)
  • ४४२ पटक पढिएको

सार्वजनिक शिक्षालाई सुधार गर्न राज्यले ठोस नीति ल्याउनुपर्नेमा जोड

 सार्वजनिक शिक्षालाई सुधार गर्न राज्यले ठोस नीति ल्याउनुपर्नेमा जोड दिइएको छ । समाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको आयोजना तथा काफिया मिडिया सेन्टरले सल्यानको खलंगामा आयोजना गरेको सार्वजनिक शिक्षा गुणस्तरका लागि शिक्षा वहश कार्यक्रममा सहभागिहरुले राज्यको कमजोर नीतिका कारण सार्वजनिक शिक्षाको गुणस्तर खस्कदै गएको वताएका हुन । शिक्षा विज्ञ विरवहादुर सेजवालले सामुदायिक शिक्षालाई सुधार गर्न राज्यको प्रयाप्त लगानी ईमान्दर शिक्षक , जागरुक अभिभावक र लगनशिल विद्यार्थीलेमात्र शिक्षामा सुधार आउने वताउनुभयो । उहाले भन्नुभयो राज्यको नीति सवै भन्दा प्रधान कुरा भएकाले शैक्षिक क्षेत्रका समस्या समाधान गर्न राज्यलेनै नीतिगत पहल गर्नुपर्दछ ।
शारदा नगरपालिका शिक्षा शाखा प्रमुख लिलाधर ववालले स्थानीयत तहले शिक्षा सुधारका लागि नविनतम प्रयोग गर्न खोजे पनि स्रोत साधनको अभावमा शैक्षिक सुधारमा चुनौती भएको वताउनुभयो । उहाका अनुसार शैक्षिक सुधारका लागि पालिका भित्र शिक्षकहरुको क्षमता अभिवृद्धि, नियमित प्रअ वैठक, पढाईमेला, विद्यालयको भौतिक पूर्वाधार सुधारका काम सञ्चालन गरिदै आएको छ ।
कुमाख गाउँपालिका २ जनता मावि रागेचौरका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज रावतले आवश्यकता आधारमा विद्यालयमा लगानी गर्न राज्य नसकेको वताउनुभयो । विद्यालय शिक्षालाई रचनात्मक वनाएर सञ्चालन गर्न सके सिकाई उपलब्धी वृद्धि हुन सक्ने रावतको भनाई छ ।
अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य मनोज वुढाले शिक्षा सुधारका लागि सार्वजनिक शिक्षा प्रति राज्यका जीम्मेवार ब्यक्तिको विश्वास हुनुपर्ने वताउनुभयो । उहाले भन्नुभयो सरकारी शिक्षक कर्मचारी र जनप्रतिनीधिलाइ नै सार्वजनिक शिक्षा प्रति विश्वास नहुनेले शैक्षिक गुणस्तर खस्किएको छ ।
विभिन्न विद्यालयका प्रधानध्यापक, विद्यालय ब्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघका प्रतिनीधि , विद्यार्थी र सञ्चारकर्मी सहभागि कार्यक्रमको सहजीकरण पत्रकार गणेशकञ्चन भारतीले गर्नुभएको थियो ।

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली