डेढ महिनामा काम सक्ने गरि साङघारमा एक करोडको खानेपानी आयोजनाको काम सुरु


डेढ महिनामा काम सक्ने गरि साङघारमा एक करोडको खानेपानी आयोजनाको काम सुरु

अवको डेढ महिनामा काम सक्ने गरि सल्यानको शारदा नगरपालिका १२ र १३ को साङघारमा एक करोडमा २३ लाख लागतमा खानेपानी आयोजनाको काम सुरु भएको छ । खानेपानी समस्या समाधानको लागि शारदा नगरपालिका सल्यानको आर्थिक बर्ष २०८१÷८२ को बजेट बाट साङघार खानेपानी आयोजनाको काम सुरु भएको हो । खानेपानीको काम असार मसान्त सम्म सक्ने गरि निर्माणको जिम्मा अरफिक बिल्डस सल्यानले लिएको छ । उक्त आयोजनाको नगर प्रमुख प्रकाश भण्डारीले शिलान्यास गरेर औपचारीक रुपमा काम सुरु भएको हो । आयोजना निर्माण भएपछि यहाँका स्थानियबासीलाई सहज रुपमा खानेपानी उपलब्ध हुनेछ । जसले खानेपानीको समस्या झेल्दै आएका स्थानवासीहरूका लागि यो आयोजना महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ । आयोजनाको निर्माण सम्पन्न भएपछि २ सय ५० बढी घरधुरी लाभान्वित हुने नगरपालिकाले जनाएको छ । नगर प्रमुख भण्डारीले आयोजनाको शिलान्यास गर्दै स्थानीयवासीको दीर्घकालीन मागलाई सम्बोधन गर्दै यो आयोजना अघि बढाइएको बताउनु भयो । खानेपानी नै स्वस्थ जीवनको आधार भएकाले यसको प्रभाव प्रत्यक्ष रूपमा स्वास्थ्य, शिक्षा, र जीवनस्तरमा पर्ने बिश्वास गरिएको बताउनु भयो ।
आयोजनाको निर्माण कार्य अवको डेढ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ । लिफ्टिङ प्रबिधी बाट १ सय ५० मिटर माथि खानेपानी पुर्याउने लक्ष्य रहेको शारदा नगरपालिका सल्यानका प्राबिधिक खगेन्द्र मल्ले जानकारी दिनुभयो । उहाँका अनुसार आयोजनाबाट दैनिक झन्डै ८० हजार लिटर पानी वितरण हुने लक्ष्य रहेको छ । समयमै योजना सम्पन्न गर्नको लागि तिब्ररुपमा कामलाई प्राथामिकता दिइएको बताउनु भयो । स्थानवासीहरूले आयोजना सुरु भएकोमा खुसी व्यक्त गरेका छन।

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली