सल्यानमा घर ढलान गर्ने क्रममा छतबाट लडेर एक जनाको मृत्यु

  • मेरो जिल्ला
  • / मुख्य समाचार /
  • २०८२ जेष्ठ १, बिहिबार (१ महिना अघि)
  • ७१५ पटक पढिएको

सल्यानमा घर ढलान गर्ने क्रममा छतबाट लडेर एक जनाको मृत्यु

सल्यानमा घर ढलान गर्ने क्रममा छतबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको शारदा नगरपालिका–२ भगवती खोलाका ४५ वर्षीय रिमबहादुर बस्नेतको मृत्यु भएको हो । बुधबार राति करिब १०ः४५ बजे तिर श्रीनगर निवासी जितबहादुर भण्डारीको घरमा ढलान गर्ने क्रममा कामदार बस्नेत तेस्रो तला माथिबाट खसेर गम्भीर घाइते भएका थिए । उनी छतबाट खस्दा टाउकोमा गहिरो चोट लागेको थियो । उनको उपचारका क्रममा जिल्ला अस्पताल सल्यानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतकको शव जिल्ला अस्पताल सल्यानम पोष्टमार्टम पछि दाहासस्कार गरिएको छ । घटना स्थल इलाका प्रहरी कार्यालय सितलपाटीबाट करिब २ किलोमिटर पूर्व पर्छ ।

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली