आर्थिक अवस्था सुधार गर्न सल्यानमा विपन्न बर्गलाइ बाख्रा वतरण

  • मेरो जिल्ला
  • / मुख्य समाचार /
  • २०८२ जेष्ठ ३, शनिबार (१ महिना अघि)
  • ३५४ पटक पढिएको

आर्थिक अवस्था सुधार गर्न सल्यानमा विपन्न बर्गलाइ बाख्रा वतरण

सल्यानमा विपन्न वर्गका किसाहरुलाई बाख्रा वितरण गरिएको छ । पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानले बनगाड कुपिण्डे नगरपालिका–६, कालागाउँका २० जना दलित विपन्न परिवारलाई बाख्रा र बोका वितरण गरेको हो । दलित तथा विपन्न वर्गलाई स्वरोजगारमा जोड्ने उद्देश्यले ‘गरिब तथा विपन्न युवा लक्षित कृषि आयमूलक कार्यक्रम’ अन्तर्गत २० परिवारलाई ५७ वटा बाख्रा र ३ वटा बोका वितरण गरिएको पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका प्रमुख गोविन्द महतले जानकारी दिनुभयो । महतका अनुसार विप्पन बर्गको जिविकापार्जनमा सुधार गर्ने उदेश्यले यस कार्यक्रम अन्तर्गत बाख्रा वितरण गरिएको हो । यसले गरिब तथा विपन्न बर्गको जिवन स्तरमा सुधार हुने विश्वास लिइएको बताउनु भयो । ब्यवसायिक बाख्रा पालन प्रवद्र्धनका लागि समुहलाई १० लाख रुपैया प्राप्त भएको थियो । बाख्रा वितरण कार्यक्रममा नगरप्रमुख कर्ण बहादुर बुढाथोकीले विपन्न तथा दलित किसानहरुको लागि ग्रामीण गरिबी निवारण र आम्दानी वृद्धिका लागि यस्ता उत्पादनमुखी कार्यक्रमहरू आवश्यक रहेको बताउनुभयो । “हामी सीमित स्रोत–साधनको अधिकतम उपयोग गर्दै पूर्वाधार विकास, खानेपानी, सरसफाइ, कृषि र पशुपालनजस्ता क्षेत्रमा नतिजामूलक काम गरिरहेका छौँ,” नगर प्रमुख वुढाथोकीले भन्नुभयो, “सार्वजनिक तथा निजी साझेदारीमार्फत यस्ता कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदैछौं।”


कालागाउँ बाख्रापालन समूहका अध्यक्ष छविलाल सुनारले करिब १० लाख रुपैयाँ मध्ये ५७ बाख्रा खरिद, ३ वटा ब्याड बोका खरिद, औषधी व्यवस्थापन, ढुवानी तथा सूचनामूलक होडिङ बोर्ड जडानजस्ता कार्यहरू समावेश गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार युवाहरूलाई पशुपालनतर्फ आकर्षित गर्दै आत्मनिर्भर बनाउने कार्यक्रममा २० घरधुरी लाभग्राही सबै दलित समुदायका रहेका छन् ।
यस्तै, ‘गरिब तथा विपन्न युवा लक्षित कृषि आयमूलक कार्यक्रम’ त्रिवेणी गाउँपालिका–१, कोलचौरमा पनि सञ्चालन गरिएको पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका योजना शाखा प्रमुख विरेन्द्र केसीले जानकारी दिनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्ष २०८१÷०८२ मा जिल्लाभर भेडा र बाख्रा प्रवद्र्धन कार्यक्रमअन्तर्गत ३४ लाख ८१ हजार रुपैयाँ बराबरको कार्यक्रम सञ्चालन भइरहेको छ । सल्यान जिल्ला व्यावसायिक बाख्रापालनका राम्रो जिल्ला मानिन्छ। जिल्लामा प्रत्येक वर्ष खसी–बोका बिक्रीबाट मात्रै करिब ७५ करोड रुपैयाँको आयआर्जन हुने गरेको तथ्यांकले देखाउँछ ।

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली