सस्तो, सहज र छिटो न्यायकालागि कालिमाटीमा वडास्तरिय अभियान

  • मेरो जिल्ला
  • / मुख्य समाचार /
  • २०८२ जेष्ठ ५, सोमबार (१ महिना अघि)
  • २२२ पटक पढिएको

सस्तो, सहज र छिटो न्यायकालागि कालिमाटीमा वडास्तरिय अभियान

कालिमाटी गाउँपालिका सल्यानको वडास्तरमा न्यायमा जनताको पहँच कार्यक्रम सुरु भएको छ । सरल, सहज, छिटो र मितव्ययी न्याय तथा न्यायमा नागरिकको पहुँच बढाउने उद्देश्य सहित कार्यक्रम सुरु गरिएको हो । वडा नम्बर २ र ३ बाट औपचारिक रूपमा आइतबारदेखी अभिमुखिकरण कार्यक्रम सुरु भएको हो ।

कार्यक्रममा कालिमाटी गाउँपालिकाका अध्यक्ष दान बहादुर केसीले कानुनी जनचेतना विस्तार तथा विवाद निरूपण प्रक्रिया प्रभावकारी बनाउनका लागि यो कार्यक्रमले सहयोग पुर्याउने बताउनु भयो । ‘न्यायीक समितिबाट अझ छिटो, सहज रुपमा न्याय प्रदान गर्न र सबैको बिश्वास जित्नका लागि योजनाबद्ध तरिकाले काम गर्नुपर्ने देखिन्छ’, उहाँले भन्नुभयो ।

गाउँपालिका उपाध्यक्ष तथा न्यायीक समितिका संयोजक सनसिल्ता वली डिसीले आफुहरुले स्वतन्त्र र तटस्थ भई न्याय सम्पादन गरिरहेको बताउनु भयो । संविधानले नै प्रत्याभूत गरेको सामाजिक न्याय व्यवहारमा लागू गर्न गाउँपालिकाले सक्रियताका साथ काम गरिरहेको उहाको भनाइ छ ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हर्क बहादुर वली, वडा नम्बर २ का वडा अध्यक्ष तथा न्यायीक समिती सदस्य इन्द्र बहादुर वली, वडा नम्बर ३ का वडा अध्यक्ष शिव बहादुर खत्रीले बोल्दै न्याय प्रणालीप्रति जनविश्वास बढाउन आवश्यक रहेकोमा जोड दिदै सरल प्रक्रियाबाट मेलमिलापमा टुंग्याउन सकिने कतिपय विवादहरु जनचेतना अभावले जटिल बन्ने भएकाले न्यायिक समितिबाट समाधान पाउन सकिने धारणा राख्नुभएको थियो ।

अधिवक्ता गिर्दल बोहराले संविधान र न्यायिक समितिको परिचय संगै न्यायिक समितिको कार्यक्षेत्र, विवाद समाधान प्रक्रियामा अपनाउनु पर्ने विधि, उजुरी दर्ता प्रक्रिया र समाधानका उपायका बारे अभिमुखिकरण गर्नुभएको थियो । न्यायीक समितिबाट सम्पादित कार्यबारे अवगत गराउदै कालिमाटी गाउँपालिका न्यायीक शाखाका उजुरी प्रशासक विजय वलीले हाल सम्म १२० उजुरी दर्ता भएको बताउनु भयो । उहाका अनुसार आर्थिक वर्ष २०७४।०७५ देखि हालसम्म गाउँपालिकाको न्यायीक समितिमा दर्ता भएका १२० उजुरी मध्ये एउटामात्र प्रक्रियामा रहेको छ भने अरु सबै फछ्र्याैट भएका छन् । साथै उहाले कार्यक्रममा सफल न्याय सम्पादनका उदाहरणहरु पनि प्रस्तुत गर्नुभएको थियो ।

विवादको सिर्जना हुने बित्तिकै नागरिक सँगै रहेको सरकारले तुरून्तै न्याय दिएको खण्डमा सबै नागरिकहरूमा न्यायिक पहुँच सरल र सहज हुने भएकाले कालिमाटी गाउँपालिकाले सचेतनाको अभियान सुरु गरेको हो । मध्यपश्चिम युवा मिलन केन्द्रको सहजीकरणमा संचालन भइरहेको यो कार्यक्रम अन्तर्गत कालिमाटी गाउँपालिकाका सातवटै वडामा अभिमुसखकरण हुनेछ ।

आइतबारको कार्यक्रममा कार्यपालिका सदस्य तथा न्यायीक समिति सदस्य विष्णु वली राजी, वडा सदस्यहरु लुध बहादुर गिरी, देव बहादुर बुढा मगर, विमला तारम मगर, प्रतिमा खत्री, भावना विक लगाएत स्थानीयहरुको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रमको संचालन पत्रकार शंकर केसीले गर्नुभएको थियो।

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली