सल्यानमा सहिद कृष्ण सेन इच्छुकको २३ औ स्मृति दिवसमा अन्तरक्रिया कार्यक्रम

  • मेरो जिल्ला
  • / मुख्य समाचार /
  • २०८२ जेष्ठ १३, मंगलबार (३ हप्ता अघि)
  • २३८ पटक पढिएको

सल्यानमा सहिद कृष्ण सेन इच्छुकको २३ औ स्मृति दिवसमा अन्तरक्रिया कार्यक्रम

सल्यानमा सहिद कृष्ण सेन इच्छुकको २३ औ स्मृति दिवस सल्यानमा अन्तरक्रिया कार्यक्रम गरि मनाइएको छ । नेपाल पत्रकार महासंघ सल्यानको आयोजनामा “पत्रकारिता, विचार र परिवर्तन” विषयक अन्तरक्रिया कार्यक्रम महासंघको हलमा स्मृति दिवस मनाइएको हो । स्मृति दिवसलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा पुर्व मन्त्री  टेक बहादुर बस्नेतले सहिद कृष्ण सेन इच्छुक श्रमजीवी बर्ग र समाजको लागि सुहाउँदो योद्धा भएको वताउनु भयो । जुन पत्रकारिताको परिवर्तनको बलिदान दिने एउटा महान व्यक्ति भएको वताउदै अबको पत्रकारिता सहि दिशामा लाग्न जरुरी रहेको बताउनु भयो । पत्रकार र पत्रकारिता सत्य र निष्पक्ष  भएमात्र उहाँको आत्माले शान्ति पाउने बताउनु भयो ।
यस्तै जिल्ला समन्वय समिति सल्यानका प्रमुख बेलाराम रावलले पत्रकारिता समाजको एना भएकाले जनजीविकाका सवालमा काम गर्नुपर्ने वताउनु भयो । पत्रकारले कलम चलाए मात्र खबरदारी हुनेभएकाले यतातिर ध्यान दिनुपर्ने बताउनुभयो ।


कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला कार्य समिति सदस्य सनत कुमार शर्मा, नेकपा एमालेका उपसचिव गणेशमान सिंह, नेकपा माओवादी केन्द्रका संयोजक मान बहादुर मल्ल, रास्वपाका सभापति प्रकाश नेपाली, नेकपा एकीकृत समाजवादीका प्रदेश कमिटि सदस्य सिपि वली, नेकपाका जिल्ला इन्चार्ज मोहनलाल चन्द, नेपाल पत्रकार महासंघ सल्यानका पुर्वअध्यक्ष प्रतिक इच्छुक शर्मा, अधिवक्ता बिष्णु शर्मा लगाएतले बोल्दै शहिद इच्छुकको योगदानलाई स्मरण गर्दै उहाँको विचार, कलम र परिवर्तनको अभियानलाई जीवन्त राख्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष डिल्लीराज रावतको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष शिव डाँगीले स्वागत मन्तव्य राख्नुभएको थियो । महासंघका जिल्ला सचिव बुद्धि पुनले सञ्चालन गरेको कार्यक्रममा कोषाध्यक्ष खकेन्द्र केसीले इच्छुकको जीवन, योगदान र पत्रकारिताका बिषयमा प्रस्तुतीकरण राख्नुभएको थियो । कार्यक्रममा विभिन्न सञ्चारमाध्ययमा आवद्ध पत्रकार तथा सञ्चारकर्मी, नागरिक समाजका प्रतिनिधि तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली