सल्यानमा यसरी मनाइयो १८औँ गणतन्त्र दिवस – फोटो फिचर


सल्यानमा यसरी मनाइयो १८औँ गणतन्त्र दिवस – फोटो फिचर

सल्यानमा १८औँ गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी उत्साहपूर्वक मनाइएको छ। जिल्ला समन्वय समिति सल्यानको आयोजनामा प्रभातफेरी, बिरामीलाई फलफूल वितरण तथा औपचारिक कार्यक्रमको आयोजना गरिएको थियो। गणतन्त्र दिवसको अवसरमा बिहान पुरानो बसपार्क खलंगाबाट प्रभातफेरी सुरु गरिएको थियो। प्रभातफेरी ठन्डी सडक, हुलाक रोड हुँदै पुनः बसपार्कमा आएर औपचारिक कार्यक्रममा परिणत भएको थियो।

कार्यक्रममा विभिन्न वक्ताहरूले गणतन्त्र केवल शासन प्रणाली नभई न्याय, समानता, समावेशिता र सेवाभावको प्रतीक हुनुपर्ने धारणा राखे। जिल्ला समन्वय समितिका प्रमुख बेलाराम रावलले ठूला संघर्ष, त्याग र बलिदानपछि गणतन्त्र स्थापना भएकाले यसको रक्षा गर्नु सबैको कर्तव्य भएको बताउनु भयो । उहाँले गणतन्त्रको रक्षा हुँदा मात्र सुशासन र पारदर्शिता कायम हुने उल्लेख गर्नुभयो । उपप्रमुख असबिर बुढाथोकीले गणतन्त्रले सबै नागरिकलाई स्वतन्त्रताको अनुभूति दिलाएको बताउँदै जनताले अझै परिवर्तनको महसुस गर्न नसकेको भन्दै परिणाममुखी कार्य आवश्यक रहेको बताउनु भयो ।प्रमुख जिल्ला अधिकारी साबित्रा पुनले संघीय लोकतान्त्रिक गणतन्त्रको मूल आत्मा नै संघीयता र समावेशी शासन व्यवस्था भएको उल्लेख गर्नुभयो । उहाँले संघीयताको पूर्ण कार्यान्वयनमार्फत शासकीय अधिकार आम नागरिकसम्म पु¥याउन अझै धेरै काम गर्न बाँकी रहेको बताउनु भयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष डिल्लीराज रावतले गणतन्त्रको रक्षा गर्नुपर्ने सन्देशसहित कविता वाचन गर्नुभएको थियो । त्यसपछि जिल्ला अस्पताल सल्यानका बिरामीलाई फलफूल वितरण गरिएको थियो। कार्यक्रममा विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि पत्रकार लगायतको सहभागिता रहेको थियो।

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली