गणतन्त्र दिवसको अवसरमा सल्यान सदरमुकाममा दीप प्रज्वलन

  • मेरो जिल्ला
  • / मुख्य समाचार /
  • २०८२ जेष्ठ १५, बिहिबार (३ हप्ता अघि)
  • २४५ पटक पढिएको

गणतन्त्र दिवसको अवसरमा सल्यान सदरमुकाममा दीप प्रज्वलन

१८ औं गणतन्त्र दिवसको अवसरमा बिहीबार साँझ सल्यानको सदरमुकाम खलंगामा दीप प्रज्वलन गरिएको छ। जनताको लामो संघर्ष, त्याग र बलिदानबाट प्राप्त गणतन्त्रप्रति श्रद्धा, सम्मान र जागरूकता व्यक्त गर्न खलंगास्थित पुरानो बसपार्कमा सयौं दीप प्रज्वलन गरिएको हो।
कार्यक्रममा जिल्ला समन्वय समिति सल्यानका उपप्रमुख असवीर बुढाथोकी, प्रमुख जिल्ला अधिकारी साबित्रा पुन, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक केशर कुमार न्यौपाने, सुरक्षाकर्मी र स्थानीयवासीहरूको उपस्थिति रहेको थियो।
दीप प्रज्वलन कार्यक्रममा समन्वय उपप्रमुख असविर बुढाथोकीले सम्वोधन गर्नुभएको थियो । उहाँले गणतन्त्रको स्थायित्व, सुशासन, नागरिक अधिकार र लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणमा लाग्नु पर्ने बताउनु भयो । दिवसको अवसरमा आज बिहान प्रभात फेरी तथा जिल्ला अस्पताल सल्यानका बिरामीलाई फलफुल वितरण गरिएको थियो । कार्यक्रमको आयोजना समन्वय समिति सल्यानले गरेको थियो।

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली