सल्यानमा टेक्टरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको शारदा नगरपालिका ७ रामेखोलाबाट ढोडचौर जादै गरेको रा १ त ३२४६ नम्बरको टेक्टरबाट झर्दा लडदा टाउकोमा गम्भिर चोट लागेपछि शारदा नगरपालिका ७ का बर्ष ५१ का दलबहादुर थापाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकारी प्रहरी निरिक्षक बाबुराम बस्नेतका अनुसार लडेर गम्भिर घाईते भएका बोहराको तत्काल उद्धार गरि उपचारको लागि जिल्ला अस्पताल सल्यान ल्याएको केही बेरमै मृत्यु भएको हो । रामेखोलाबाट ढोडचौर जाने क्रममा अर्को टेक्टरमा चढनका लागि झर्दा टाउको र शरिरका विभिन्न भागमा चोट लागेर अचेत अबस्थामा रहेका थिए ।
मृतकको सव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान राखिएको र टेक्टर र चालक शारदा नगरपालिका ७ गोठीचौर बस्ने बर्ष २४ का दिनेश बोहरा प्रहरीकोे नियन्त्रणमा रहेका प्रनि बस्नेतले जानकारी गराउनु भयो । घटनाको थप अनुसन्धान भने भैरहेको उहाँको भनाई छ ।