सल्यानको सिद्ध कुमाख गाउँपालिकामा ‘अध्यक्ष पोषण कार्यक्रम’ अन्तर्गत ६ सय ५९ जना हजार दिने आमाहरुलाई पोसिलो पिठो प्रदान गरिएको छ । आमा र बालबालिकाहरूलाई लक्षित गर्दै पोसिलो पिठो प्रदान गरिएको हो । मातृ तथा शिशु स्वास्थ्यमा सुधार ल्याउन र कुपोषण न्यूनीकरण गर्ने उदेश्यले पोसिलो पिठो प्रदान गरिएको गाउँपालिका अध्यक्ष भरत गिरीले बताउनु भयो । उहाँका अनुसार वडा नम्बर १ का १ सय ७८ जना , वडा नम्बर २ का १ सय ११ जना, वडा नम्बर ३ का १ सय २६ जना आमाहरुलाई पोसिलो वितरण गरिएको छ । यस्तै वडा नम्बर ४ का ८८ जना र वडा नम्बर ५ का १ सय ५६ जना हजार दिने आमा हरुलाई पिठो वितरण गरिएको हो । पोषणको कमीका कारण कुपोषणको सास्ती भोग्दै आएका आमाहरू र साना बालबालिकाको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर यो कार्यक्रम सञ्चालन गरिएको बताउनु भयो ।
उहाँले पालिकामा कुपोषणको समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्नका लागि यस्तो कार्यक्रम लाई अगाडी बढाएको बताउनु भयो । हजार दिने कार्यक्रमअन्तर्गतका लक्षित समूहलाई प्राथमिकतामा राख्दै पोसिलो खानेकुरा उपलब्ध गराउने पालिकाको प्रतिबद्धता अनुसार बर्षेनी यो कार्यक्रम निरन्तरता दिएको बताउनु भयो ।
यस कार्यक्रम अन्तर्गत वितरण गरिएको पिठोमा आवश्यक पोषणतत्व मिसाइएको छ, जसले आमाहरूको सन्तुलित आहार सुनिश्चित गर्ने विश्वास गरिएको छ । गाउँपालिकाले आगामी दिनहरूमा अझ प्रभावकारी ढंगले पोषण सुधारका कार्यक्रमहरू सञ्चालन गर्ने योजना बनाएको अध्यक्ष गिरीले बताउनु भयो । यस्तो कार्यक्रमले स्थानीय तहबाटै समग्र पोषण सुधारमा टेवा पु¥याउने विश्वास गरिएको पोषण बिज्ञ निरज केसीले बताउनु भयो । उहाँका अनुसार जिल्लामा अझै पनि कुपोषित बालबालिका रहेकाले यसको सुधारका लागि पोषण पिठो वितरण कार्यक्रम प्रभावकारी हुने बताउनु भयो । उहाँले खान नपाएर भन्दा पनि खाना खुवाउन र खान नजानेर बालबालिका कपोषित हुने गरेको बताउनु भयो ।