स्थानीय क्लब द्वारा बालविवाह र वर्षा बाट उत्पन्न हुने जोखिम बारे सचेतना

  • मेरो जिल्ला
  • / मुख्य समाचार /
  • २०८२ जेष्ठ २३, शुक्रबार (२ हप्ता अघि)
  • २६६ पटक पढिएको

स्थानीय क्लब द्वारा बालविवाह र वर्षा बाट उत्पन्न हुने जोखिम बारे सचेतना

सल्यानको दार्मा गाउँपालिकाबाट कानुनी मान्यता प्राप्त गरेपछि सक्रिय रूपमा सामाजिक गतिविधिहरू सञ्चालन गर्दै आएका छन । स्थानीय क्लबले विभिन्न जनचेतनामूलक कार्यक्रमहरु संचालन गर्न थालेका हुन। क्लबले बिहिवार जनकल्याण आधारभूत विद्यालय, भालुमारेमा विभिन्न जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ ।
क्लबका सचिव घनराज खड्काको नेतृत्वमा सम्पन्न कार्यक्रममा बालविवाह तथा वर्षाका कारण उत्पन्न हुन सक्ने जोखिमबारे विद्यालयका विद्यार्थीहरूलाई जानकारी दिइएको थियो। कार्यक्रममा सहभागी विद्यार्थीलाई सचेतना अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न क्रियाकलापहरू पनि सञ्चालन गरिएको उहाँले बताउनु भयो।
उहाँका अनुसार कार्यक्रममा विद्यालयस्तरीय खुला हाजिरीजवाफ प्रतियोगिता समेत आयोजना गरिएको हो । जसमा ६ टिमको सहभागिता रहेको थियो। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टिमलाई प्रमाणपत्रसहित करिब १५ सय रुपैयाँ बराबरको पुरस्कार वितरण गरिएको क्लबले जनाएको छ।


कार्यक्रमको समापनमा विद्यालय परिवारले क्लबको प्रयासको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी सामाजिक कार्यको शुभकामना व्यक्त गरेको थियो।

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली