सरकारले आगामी आर्थिक वर्ष २०८२÷०८३ को बजेटमा सुनचाँदीको मूल्यमा कर वृद्धि गरेसँगै देशभरका सुनचाँदी व्यवसायी आन्दोलित भएका छन् । सरकारले सुनमा २ प्रतिशत विलासिता कर, बहुमूल्य हिरा र पथरमा १३ प्रतिशत भ्याट लगाएपछि व्यवसायी आन्दोलित भएका हुन । कर वृद्धि फिर्ता लिनुपर्ने भन्दै बिहिबार सल्यानका सुनचाँदी व्यवसायीले जिल्ला प्रशासन कार्यालय सल्यान मार्फत ध्यानकर्षण पत्र बुझाएका छ ।सरकारले सुनको मूल्यमा बढाएको करले सुन तस्करीमा प्रोत्साहन गर्ने र गरगहनाको मूल्यमा समेत चर्को वृद्धि हुने भन्दै उक्त निर्णय यथाशीघ्र फिर्ता लिन व्यवसायीहरुले सरकार समक्ष बिभिन्न माग सहित ध्यानाकर्षण पत्र बुझाएका हुन ।
व्यवसायीले सुनको भन्सार ६ प्रतिशत कायम गर्नुपर्ने, सुनचाँदी प्रस्ट नियमावली निर्माण गर्न समेत माग गरेका छन् । निर्यात हुने सुनचाँदीमा ५ प्रतिशत टीडीएस हटाउने व्यवस्था मिलाउन माग गरेका उनीहरूले सुनचाँदी तथा हिरा जडित गहनाको कारोबारमा फिर्ता बिक्री प्रक्रिया अवलम्बन हुने हुँदा किनिएको मूल्यभन्दा बिक्री मूल्य फरक हुनुपर्ने स्वाभाविक अवस्था रहेको जनाएका छन् । तर, यस्तो प्रक्रिया व्यवसायमा घाटा पु¥याउने भन्दै यसमा पुनर्विचार गर्न उनीहरूले सरकारका ध्यानाकर्षण गरेका छन् ।
कर वृद्धि गरेको विरोधमा पसल बन्द नै गरेर सुनचाँदी व्यवसायीले विरोध गरेको सुनचाँदी व्यवसायी संघ सल्यानका अध्यक्ष रमेश सुनारले जानकारी दिनुभयो । उहाँले व्यवसायी मात्र नभएर किन्ने ग्राहकहरु समेतमा भार पर्ने बताउनु भयो । जिल्लामा आज र भोलि पसल बन्द गर्ने घोषणा गरेका छन् भने बिहानैदेखि पसल बन्द गरेर प्लेकार्डसहित प्रदर्शनमा उत्रिएको बताउनु भयो । बढाएको कर फिर्ता गर्नुपर्ने, व्यवसायी मैत्री एन जारी गर्नुपर्ने, यदी माग पुरा नभए कडा रुपमा आन्दोलनमा जाने उहाँले बताउनु भयो ।