कर्णाली प्रदेश समाज कान्साई जापानको अध्यक्षमा कवर

  • मेरो जिल्ला
  • / मुख्य समाचार /
  • २०८२ अषाढ १०, मंगलबार (२ हप्ता अघि)
  • १३९ पटक पढिएको

कर्णाली प्रदेश समाज कान्साई जापानको अध्यक्षमा कवर

कर्णाली प्रदेश समाज जापान कान्साई प्रान्तको तेस्रो अधिवेशन बाट अध्यक्षमा झरेन्द्रकुमार कवर (अन्जन) सर्वसम्मत निर्वाचित हुनु भएको छ। जापानको ओसाकामा जुन २२, २०२५ आइतबारका दिन सम्पन समाजको तेस्रो अधिवेशनबाट कवरको अध्यक्ष रहनुभएको २१ सदस्यीय कान्साई क्षेत्रीय समिति सर्वसम्मत निर्वाचित भएको छ।
“सामाजिक एकता, समृद्धि र सुशासनमा हाम्रो प्रतिबद्धता” भन्ने नारासहित सम्पन्न सो अधिवेशनबाट उपाध्यक्षमा अम्मर सेजुवाल, लोकमान पुनमगर, सुरक्षा शाही, सचिवमा प्रकाश रसाइली, सहसचिवमा गणेशसिं ठकुरी र तारा रावल, कोषाध्यक्ष नित्या खड्का, सहकोषाध्यक्षमा शान्ति ठकुरीलगायत चयन भएका हुन ।
त्यस्तै सदस्यमा कोपिलाबम ठकुरी, मुक्ति सुवेधी, सुस्मिता शाही, चन्द्र बुढाक्षेत्री, बेशन भण्डारी, सुजन पुनमगर, अन्जली शाहीठकुरी, चक्रबहादुर विक, सुनिता शाही, सेतु बम, कल्पना र निर्मल बुढाथोकी चयन भएका छन् ।एवम् प्रकारले सल्लाहकारमा दिलिप कँडेल, डा भरतसिं नेगी, नरेश ओली र रविन्द्र शाही चयन भएका छन् ।
नवनिर्वाचित अध्यक्ष कवरले सबैले विश्वास गरेर आफूलाई अध्यक्षमा निर्वाचित गरेको भन्दै धन्यवाद दिए । साथै संस्थाले कर्णाले प्रदेश र जापानमा कर्णाली बासीको लागि पुलको रुपमा काम गर्ने बताउनु भएको छ। उहाले भन्नु भयो समाजमा बोल्नु भन्दा काम गरेर देखाउने कुरा पहिलो कुरा हो हुने बताउनु भयो। र जापानमा रहेका सबै संघ संस्थाहरु संग सहकार्य गर्दै अघि बढ्ने छौं भन्ने प्रतिबद्धता जनाउनु भएको छ।


अधिवेशनमा संस्थाका क्षेत्रीय उप संयोजक रविन्द्र शाही को सभापतित्व,केन्द्रीय अध्यक्ष कृष्ण शाही प्रमुख अतिथी , NRNA कान्साई का संयोजक श्री हरि प्रशाद कंडेल विशिष्ट अतिथी साथै विभिन्न सङ्घसंस्थाका प्रतिनिधिलगायत नेपालबाट जापानमा आएका कलाकारहरू विष्णु खत्री, अनिता चलाउने , स्थानिय कलाकार काजल गुरुङ , कर्णाली कै स्थानिय कलाकार प्रकास रसाईली , डान्सर – सुस्मिता शाही र  कलाकार एवम उद्घोषक विधाका कुलविर थापा ज्यु को उपस्थिति रहेको थियो । कार्यक्रम भव्य रुपले सु सम्पन्न भएको छ।
कर्णाली प्रदेश समाज सन् २०२० मा जापानमा खोलिएको हो। जापानको ६ प्रान्तमा क्षेत्रीय समितीहरु विस्तार गठन गरिएको छ।

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली