
साउन ८,सल्यान
सल्यानमा बिहीबार दिउँसो भएको गाडी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कुमाख गाउँपालिका ४ का ७३ वर्षीय कालिभान राना रहेका छन् । गम्भीर घाइते रानाको बाँके स्थित कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिनु भयो ।
नेपालगञ्जबाट सल्यानको रागेचौर हुँदै रुकुम पश्चिमको चौरजहारी जाँदै गरेको भे १ ख ३९९४ नम्बरको एसएमएल गाडी कुमाख गाउँपालिका २ बराई जिउला मोडमा अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनमा चालक सहित १५ जना घाइते भएका थिए ।
