मुक्ती समाज नेपालको पहिलो बैठक सम्पन्न

  • मेरो जिल्ला
  • / मुख्य समाचार /
  • २०८२ श्रावण २२, बिहिबार (६ महिना अघि)
  • ३९१ पटक पढिएको

मुक्ती समाज नेपालको पहिलो बैठक सम्पन्न

नेकपा एमालेको जनवर्गीय संगठन मुक्ति समाज नेपाल सल्यान जिल्ला कमिटीको प्रथम पूर्ण बैठक आज एमाले पार्टी कार्यालय खलंगामा सम्पन्न भएको छ । जिल्ला अध्यक्ष चुर्ण बहादुर वि।क को अध्यक्षतामा बसेको बैठकले जिल्लाभर संगठनका गतिबिधिलाइ सक्रियताका साथ संचालन गर्ने निर्णय गरेको छ । वर्गीय मुक्ति र सामाजिक न्यायका बिषयलाई प्राथमिकतामा राख्दै आगामी दिनमा विभिन्न अभियान र कार्यक्रमहरू सञ्चालन गर्ने निर्णय भएको मुक्ती समाज सल्यानले जनाएको छ । बैठकमा मुक्ति समाज नेपालका केन्द्रिय सदस्य तथा सल्यानजिल्ला इन्चार्ज डण्ड बहादुर वि।कले संगठनलाई विचार र अनुशासनमा बाँधेर काम गर्नुपर्ने बताउनु भयो । यस्तै एमाले सल्यानका जनसंगठन संयन्त्र प्रमुख तथा पार्टी उपाध्यक्ष ओज बहादुर बुढाथोकी, सचिव पुष्पा बोहरा लगायतले बोल्दै जनवर्गीय संगठनहरू नागरिकसँग अझै नजिक हुनुपर्ने भन्दै संगठनको पहुँच गाउँ गाउँसम्म पुर्‍याएर वर्गीय चेतना विस्तार गर्न आवश्यक रहेकोमा जोड दिनुभयो ।

छुटाउनु भयो की?

ताजा अपडेट

१ हप्ता अघि

आस कहिल्यै मर्दैन

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली