सल्यानमा शहीद नेत्रलाल अभागी स्मृति प्रतिष्ठान भवन उद्घाटन

  • मेरो जिल्ला
  • / मुख्य समाचार /
  • २०८२ श्रावण २३, शुक्रबार (५ महिना अघि)
  • ४२५ पटक पढिएको

सल्यानमा शहीद नेत्रलाल अभागी स्मृति प्रतिष्ठान भवन उद्घाटन

शहीद नेत्रलाल अभागी स्मृति प्रतिष्ठानको भवनको उद्घाटन गरिएको छ। प्रतिनिधि सभा सदस्य प्रकाश ज्वालाले भवनको उद्घाटन गर्नुभयो।  उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै ज्वालाले शहीद नेत्रलाल अभागी बहुआयामिक व्यक्तित्व भएको बताउनुभयो। उहाँले “साहित्यिक, सामाजिक व्यक्तित्व मात्र होइन, मुख्यगरी राजनीतिक व्यक्तिको रूपमा अभागीलाई लिन सकिने बताउनु भयो ।


प्रतिष्ठानका संस्थापक समेत रहेका ज्वालाले अभागी कम्युनिस्ट राजनीति, प्रगतिशील साहित्यिक लेखन र शिक्षण क्षेत्रमा एक आदर्श व्यक्तित्व रहेको उल्लेख गर्नुभयो। उहाँका अनुसार, “कम्युनिस्ट राजनीतिमा बलिदान, समर्पण र अटल विचारधाराका प्रतीकका रूपमा उहाँ रहनुभएको छ।“
शहीद नेत्रलाल अभागी स्मृति प्रतिष्ठानका केन्द्रीय अध्यक्ष शम्भु गौतमले प्रतिष्ठानमार्फत अभागीको समग्र सोच, आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक क्षेत्रमा उहाँको योगदानको खोज गरी संस्थागत रूपमा विस्तार गरिरहेको जानकारी दिनुभयो।
शहीद नेत्रलाल अभागी स्मृति प्रतिष्ठानका केन्द्रीय उपाध्यक्ष लक्ष्मण ज्ञवालीले प्रतिस्ठान मार्फत स्मृति ग्रन्थ, साहित्यीक कृति  सहित नेत्रलाल अभागीका रचना संकलन लगायतका कार्य गरेको वताउनुभयो ।


स्मृति प्रतिष्ठान सल्यान शाखाका अध्यक्ष इन्द्र कुमार शर्माले प्रतिष्ठानमार्फत रचनात्मक कार्य सञ्चालन गरिने बताउनुभयो। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नेत्र सुवेदी, नेकपा(एकिकृत समाजवादी) कर्णाली प्रदेश अध्यक्ष ठकेन्द्रप्रकाश पुरी, सल्यान अध्यक्ष रमेश कुमार गौतम लगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन प्रतिस्ठानका सचिव सन्तोष विसीले गर्नुभएको हो ।


छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली