
शारदा नदिमा माछा संरक्षण कार्यक्रम सुरु गरिएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोष, वर्दियाको पहलमा सल्यान जिल्लाको प्रमुख नदी शारदाको त्रिवेणी गाउँपालिका, छत्रेश्वरी गाउँपालिका र कालिमाटी गाउँपालिकाभित्रको करिब २२ किलोमिटर क्षेत्रफलमा संरक्षण कार्यक्रम सञ्चालन गरिएको हो।
यस कार्यक्रमअन्तर्गत सामुदायिक वनसँग आबद्ध २२ जना प्रतिनिधिहरूलाई माछा संरक्षणको जिम्मेवारी दिइएको छ। उनीहरूलाई माछा संरक्षणसम्बन्धी तालिम दिइएर समुदायमा जनचेतना फैलाउने कार्यमा खटाइएको छ। प्राकृतिक तरिकाले माछा समात्न सकिने भए पनि विस्फोटक पदार्थ, विद्युत उपकरण, रासायनिक औषधि आदिको प्रयोग गरी माछा मार्नु गैरकानुनी भएको जनाइएको छ। त्यसैले स्थानीयहरूलाई सुरक्षित र कानुनी तरिकाले माछा समात्ने अभ्यास गर्न प्रोत्साहित गरिएको छ। साथै, उचित जालको प्रयोग र माछा समात्दा ध्यान दिनुपर्ने विषयहरूमा पनि सचेतना फैलाइएको छ। कोषका प्राकृतिक स्रोत संरक्षण सहायक रविन के।सीका अनुसार, विगत एक वर्षदेखि शारदा नदीमा माछा संरक्षण कार्यक्रम सञ्चालन भइरहेको छ। हालसम्म शारदा नदीका सात स्थानलाई माछा प्रजनन स्थल ९कउबधलष्लन नचयगलम० को रूपमा पहिचान गरिएको छ। यस वर्ष ती स्थानहरूमा ‘सहर माछा’ ९स्थानीय माछा प्रजाती० राखिने योजना छ।
माछा संरक्षणमा समुदायको सहभागिता बढाउन छत्रेश्वरी गाउँपालिकाको शंखमूलमा रहेको ‘म्यागो रेस्टुरेन्ट होमस्टे’ लाई पनि आवश्यक सहयोग प्रदान गरिएको छ। यसबाहेक, शारदा र वबई नदीमा माछाका प्रजातीहरूको अध्ययनसमेत गरिएको छ। अध्ययन अनुसार यी दुई नदीमा हाल १७ प्रजातीका माछा पाइएका छन्। सो अध्ययनबाट माछाका वैज्ञानिक नाम, विशेषता र वितरणसम्बन्धी विवरण संकलन गरी सार्वजनिक गरिने कोषका सहायक रविन के।सीले जानकारी दिनुभयो।
शारदा नदी आसपासका क्षेत्रबाट ढुंगा, गिट्टी र बालुवा निकाल्दा पानीको वहाव र नदीको पारिस्थितिकीय प्रणालीमा असर नपर्ने गरी निकासी गरिँदै आएको छ। त्रिवेणी गाउँपालिकाका प्रशासकीय अधिकृत खुमबहादुर के।सीका अनुसार, वातावरणीय अध्ययनको आधारमा प्राकृतिक स्रोतहरूको उपयोग गरिँदै आएको वताउनु भयो ।
