
सल्यानमा श्रीमानको हसिया प्रहार बाट श्रीमती गम्भीर घाइते भएकी छन । जिल्लाको शारदा नगरपालिका–१४ ३२ वर्षीय दिपक कवरले श्रीमती २७ वर्षीया पवित्रा बुढाथोकी कवरलाई आइतबार दिउँसो हसियाले प्रहार गरि गम्भीर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
प्रहरीका अनुसार श्रीनगरस्थित भाडाको कोठामा बस्दै आएका पारिवारिक विवादका क्रममा श्रीमानले श्रीमतीमाथि हसियाले प्रहार टाउको र हातमा गम्भीर चोट लागेको छ । घाइते बुढाथोकीको निधारमा चोट लागेपछि स्थानीय मेडिकलमा प्राथमिक उपचार गरिएको थियो। तर अवस्था गम्भीर भएपछि दिउँसो करिब २ बजे एम्बुलेन्समार्फत नेपालगञ्ज रेफर गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार हाल घाइते बोल्न नसक्ने अवस्थामा छन। घटनापछि ईलाका प्रहरी कार्यालय सितलपाटीबाट प्र।ना।नि। नरेशसिंह ठकुरीको कमाण्डमा गएको टोलीले दिपक कवरलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
