
सल्यानमा भएको फोर्स गाडी दुर्घटनामा परि मृत्यु हुनेको पहिचान खुलेको छ । मृत्यु हुनेमा रुकुम पश्चिमको बाफिकोट गाउँपालिका ५ का ६७ बर्षिय पवि केसी, सोही ठाउँ बस्ने २५ बर्षिय प्रकाश केसी र २७ बर्षिय सशिधर केसी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । यस्तै घाइते हुनेमा बर्ष ४७ का खगेन्द्र केसी र बर्ष ३६ की बिना केसी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरिक्षक रेशम खत्रीले जानकारी दिनुभयो । रुकुम पश्चिमको बाफिकोट गाउँपालिका बाट दाङ घोराही तर्फ जाँदै गरेको लु २ प ६५०२ नम्बरको फोर्स गाडी आइतबार बिहान जिल्लाको कपुरकोट गाउँपालिका वडा नं ३ को चोरखोलामा दुर्घटना भएको थियो । जसमा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने २ जना गम्भिर घाइते भएका थिए । घाइतेलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य पपचार पछि नेपालगञ्ज रेफर गरिएको छ । चालक फरार हो या मृतक मध्यकै हो भन्ने एकिन हुन नसकेको प्रहरी निरिक्षक खत्रीले बताउनु भयो । दुर्घटनाको कारण खुल्न सकेको छैन ।
