
सल्यानको शारदा नदीमा पौडी खेल्ने क्रममा डुवेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको शारदा नगरपालिका २ डाडागाउँ बस्ने १८ बर्षका सुर्दशन उपाध्याय रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । आफ्नो भाइ र साथीहरू सँग पौडी खेल्न गएका उनी शारदा नदीको झोलुङ्गे पुन नजिक डुवेर मृत्यु भएको प्रहरीले जनाएको छ । दिउँसो १:५० बजेको समयमा उनी पौडी खेल्ने क्रममा डुवेर बेपत्ता भएका थिए । बेपत्ता भएको खबर पाउन साथ इलाका प्रहरी कार्यालय सितलपाटी बाट प्रहरी टोलि खटिएर खोजी कार्य गरेको थियो । डुवेकाे डेढ घण्टा पछी पौडी खेलेको स्थानमै पानी भित्र जालीमा अडिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता रेशम खत्रीले जानकारी दिनुभयो । शवलाई पोस्ट मार्टमकाे लागि जिल्ला अस्पताल सल्यानमा राखिएको छ । घटनाको बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
