
सल्यानमा बाख्रा चराउन गएका एक जनाको भिर बाट लडेर मृत्यु भएको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिका २ बुरासेका ४५ मिन बहादुर कुवरको भिर बाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । आइबार साझ वुरासे जगंलमा बाख्रा चराउन गएका उनि भिर बाट लडेर २० मिटर तल लडेका थिए । गम्भिर घाइते अवस्थामा रहेका कवरलाई स्थानिय मेडिकलमा सामान्य उपचार पछि घर लगिएकोमा साझ ५ः३५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता प्रहरी निरिक्षक रेशम खत्रीले जानकारी दिनुभयो । मृतक कवर मृगी रोगी भएको पाइएको छ । घटनाको बारेमा थप अनुसन्धान भैरहेको छ ।
