कोजाग्रत पुर्णिको अवसरम भव्य कुमाख मेला

  • मेरो जिल्ला
  • / मुख्य समाचार /
  • २०८२ आश्विन २१, मंगलबार (१ महिना अघि)
  • १५५ पटक पढिएको

कोजाग्रत पुर्णिको अवसरम भव्य कुमाख मेला

परार्पुवक काल देखि लाग्दै आइरहेको सल्यानको कुमाख मेला यस बर्ष पनि भव्य रुपमा लागेको छ । जिल्लाकै ऐतिहासिक धार्मिक तथा पर्यटकिय स्थलले भरिपुर्ण मानिने कुमाख मेला यस बर्ष पनि भव्य रुपमा लागेको हो । बिशेष गरि वडा दशैँको पाँच दिन पछि कोजाग्रत पुर्णिमाको अवसरमा लाग्ने मेलामा टाढा टाढा बाट मेला हेर्न आउनेको भिड लाग्ने गरेको छ । कुमाख मेला जिल्लाकै ठुलो मेलाको रुपमा लिइन्छ । यस मेलामा बिशेष गरि स्थानिय उत्पादन केरा, बदाम, सखर खण्ड, तरुल लगायतका उत्पादित बस्तुहरु बिक्रि गर्न राख्ने गरिन्छ । यस्तै मेलामा काठे पिङ, पुराना तथा मौलिक नाचगान पनि देखाउने गरिन्छ ।


पछिल्लो समय यातायातको सहज पहुँचका कारणले पनि बिभिन्न जिल्ला बाट मेला हेर्नकै लागि मानिसहरु आउने गरेका छन । कुमाख लेक धार्मिक आस्थाको हिसावले धरोहरको रुपमा लिने गरिन्छ । कुमाख लेकको टुप्पोमा सिद्ध बाबाको मन्दीर रहेको यहाँ कोजाग्रत पुर्णिमाकै अवसरमा बिशेष पुजा पाठ गर्ने गरिन्छ । यहाँ बिशेष गरि गाइको दुध चढाइन्छ भने भेडाको बली दिने गरिन्छ । यहाँ पुजा गरेमा वा बली चढाएमा मनले चिताएको पुग्छ भन्ने जन बिश्वास रहेको छ । टाढा टाढा बाट पुजा गर्ने भक्तजनहरु आउने गरेको पुजारी शेर बहादुर डाँगीले बताउनु भयो । पछिल्लो समय लेकको टुप्पो सम्म जाने पद मार्ग निर्माणले भक्तजनहरुलाई सहज बनाएको उहाँले बताउनु भयो । अझै खानेपानी,प्रतिक्षालय लगायतका भौतिक संरचनाको आवश्यक रहेकाले सरकारले ध्यान दिनुपर्ने उहाँले बताउनु भयो ।

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली