सल्यान वायसिएलद्वारा झुटा आरोपप्रति आपत्ति जनाउदै ध्यानाकर्षण

  • मेरो जिल्ला
  • / मुख्य समाचार /
  • २०८२ आश्विन ३०, बिहिबार (१ महिना अघि)
  • १९० पटक पढिएको

सल्यान वायसिएलद्वारा झुटा आरोपप्रति आपत्ति जनाउदै ध्यानाकर्षण

युवा कम्युनिष्ट लिग (वायसिएल) नेपाल जिल्ला समिति सल्यानले आफू र संगठनमाथि गरिएको झुटा तथा निराधार आरोपप्रति आपत्ति जनाएको छ ।
वायसिएल सल्यानका इन्चार्ज धनबहादुर परियारले बुधबार हस्ताक्षरित ज्ञापनपत्र जिल्ला प्रशासन कार्यालय सल्यानमा बुझाउदै हालै सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममार्फत प्रचारित ‘घर जलाइदिएको, दुई करोड रूपैयाँ लुटिएको’ जस्ता समाचारहरू पूर्ण रूपमा असत्य र राजनीतिक षड्यन्त्रका आधारमा गरिएको भ्रामक प्रचार भएको बताएका छन्।
ज्ञापनपत्रमा भनिएको छ, “यस्ता असत्य र तथ्यहीन प्रचार गर्नेहरूमाथि अनुसन्धान गरी तुरुन्त कानुनी कारबाही गर्न नेपाल प्रहरीसँग माग गर्दछौं।” संगठनले राजनीतिक प्रतिस्पर्धाका नाममा धम्याउने, तर्साउने र प्रपञ्च गर्ने कार्य नगर्न चेतावनीसमेत दिएको छ ।
यस्तै, वायसिएलले आफ्नो संगठनका सदस्य वा युवाहरू कुनै पनि गैरकानुनी गतिविधिमा संलग्न नरहेको स्पष्ट पारेको छ। “यदि कसैले वायसिएलको नाममा अन्यायपूर्ण कार्य गर्छ भने त्यसप्रति हामी सहमत हुने छैनौं,” ज्ञापनपत्रमा उल्लेख गरिएको छ। यसअघि वायसिएल सल्यानले जिल्ला प्रशासन कार्यालयमार्फत गृहमन्त्रीलाई समेत ज्ञापनपत्र बुझाएको छ। ज्ञापनपत्रमा संगठन र नेताहरूविरुद्ध गरिएको गलत आरोप, डिजिटल माध्यममार्फत गरिएको भ्रमपूर्ण प्रचार तथा ‘साइबर अपराध’का घटनाबारे ध्यानाकर्षण गराइएको छ।
वायसिएलले यस्ता आरोपहरूले युवाहरूमा भ्रम सिर्जना गर्ने र संगठनको छवि धूमिल पार्ने भएकाले छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्न सरकारसँग माग गरेको छ।

ज्ञापनपत्रमार्फत नेपाल प्रहरीसमक्ष निम्न मागहरू ।।

१. झूठा र तथ्यहीन प्रचार गर्ने व्यक्तिहरुमाथि निष्पक्ष छानबिन गरी तुरुन्त कानूनी कारबाही गरियोस्।

२. संगठन र नेतृत्वमाथि राजनीतिक प्रतिशोधका आधारमा धम्क्याउने, तर्साउने र प्राकाउ गर्ने काम नगरियोस् ।

३. यदि यस्ता अन्यायपूर्ण गतिविधि तुरुन्त रोकिएन भने युवावि‌द्यार्थी संगठन संयुक्तरुपमा आन्दोलन र प्रतिरोधका कार्यक्रमहरूमा उत्रिन बाध्य हुनेछौं।

सत्यलाई तोडमोड गरी भ्रम सिर्जना गर्ने कुनै पनि प्रयास सह्य हुने छैन भन्ने कुरा यसै ज्ञापनपत्र मार्फत स्पष्ट पार्दछौं।

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली