गाउँपालिकाका उपाध्यक्ष बस्नेतद्वारा विपन्न बृद्धलाई ओढने–ओछ्याउने सहयोग

  • मेरो जिल्ला
  • / मुख्य समाचार /
  • २०८२ कार्तिक ४, मंगलबार (३ हप्ता अघि)
  • १७७ पटक पढिएको

गाउँपालिकाका उपाध्यक्ष बस्नेतद्वारा विपन्न बृद्धलाई ओढने–ओछ्याउने सहयोग

सल्यानको सिद्ध कुमाख गाउँपालिकाका उपाध्यक्ष राम बहादुर बस्नेतले विपन्न तथा असहाय बृद्ध धर्नु चलाउनेलाई ओढने–ओछ्याउने लगायतका कपडा सहयोग गर्नुभएको छ । सिद्धकुमाख गाउँपालिका १ कागखोला निवासी ७३ बर्षिय धर्नु चलाउनेलाई जाडोको लागि ओढने–ओछ्याउने लगायतका कपडा सहयोग गर्नुभएको हो । अनुगमन क्रममा उपाध्यक्ष बस्नेतले बृद्ध चलाउनेको दयनीय अवस्था देखेपछि मानवीय सहयोग स्वरूप न्यानो कपडा, ओढ्ने र ओछ्याउने सामग्री सहयोग गरेको बताउनु भयो । उहाँले बृद्धको अवस्था हेरेर व्यक्तिगत सहयोगमा बल्यांकेट, सिरक डसना सहयोग गरिएको बताउनु भयो ।
धर्नु चलाउने एक वृद्ध नागरिक हुनुहुन्छ, उहाँको श्रीमतीको धेरै पहिले मृत्यु भइसकेको छ ।

उहाँको एउटी मात्र छोरी हुनुहुन्थ्यो्, छोरी पनि धेरै पहिले विवाह गरेर गैसक्नुभएको छ। हाल उहाँ एक्लै बस्दै आउनुभएको छ । चलाउनेको बसोबास रहेको घर पूर्ण रूपमा जिर्ण भइसकेको र जुनसुकै बेला भत्कन सक्ने अवस्थामा पुगेको छ । तर, विकल्प नभएकाले उहाँ सोही घरमा बस्न बाध्य हुनुहुन्छ । उपाध्यक्ष बस्नेतले सहयोग सामग्री हस्तान्तरण गर्दै छिटै गाउँपालिका मार्फत नयाँ घर निर्माण गरिदिने प्रतिबद्धता पनि जनाउनुभएको छ । उहाँले स्थानीय तहको तर्फबाट यस्ता असहाय नागरिकको पहिचान गरी प्राथमिकतामा राखेर सहयोग गरिने बताउनु भएको छ । कपडा वितरण कार्यक्रममा सिद्धकुमाख गाउँपालिका वडा नम्बर १ वडा अध्यक्ष रमेश चलाउने, स्थानिय मान बहादुर बस्नेत, रुपा चलाउने लगायतको उपस्थिती रहेको थियो ।

 

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली