प्रतिबन्धित औषधि सहित सल्यानमा एक जना पक्राउ

  • मेरो जिल्ला
  • / मुख्य समाचार /
  • २०८२ कार्तिक ९, आईतबार (३ हप्ता अघि)
  • ७४ पटक पढिएको

प्रतिबन्धित औषधि सहित सल्यानमा एक जना पक्राउ

सल्यानमा अबैध रूपमा प्रतिबन्धित औषधि बिक्री वितरण गरेको आरोपमा एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार कालिमाटी गाउँपालिका–३ जुगेनाका ४० वर्षीय बेद प्रकाश केसी पक्राउ परेका हुन्। गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब निरीक्षक सन्तोष बुढाथोकीको कमाण्डमा खटिएको प्रहरी टोलीले शारदा नगरपालिका–९ सालचौरस्थित गंगामाला पोलिक्लिनिक तथा मेडिकल र कालिमाटी गाउँपालिका–३ जुगेनास्थित मेडिकलमा खानतलासी गर्दा ‘प्रिगा लेखिएको प्रतिबन्धित औषधि २७० वटा ट्याब्लेट बरामद गरेको हो। बरामद औषधिमध्ये सालचौरस्थित मेडिकलबाट ७० र जुगेनास्थित मेडिकलबाट २०० वटा ट्याब्लेट भेटिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पक्राउ परेका केसीले संचालन गरेका दुबै मेडिकल पसल दर्ता नगरी अबैधरूपमा सञ्चालन गरिएको पाइएको छ। उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान कार्य अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायब उपरीक्षक डिएसपी डा हेमबहादुर केसीले जानकारी दिनुभयो ।

 

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली