सल्लीबजारमा नयाँ बजार व्यवस्थापन समिति गठन

  • मेरो जिल्ला
  • / मुख्य समाचार /
  • २०८२ कार्तिक १६, आईतबार (२ हप्ता अघि)
  • ८१ पटक पढिएको

सल्लीबजारमा नयाँ बजार व्यवस्थापन समिति गठन

सल्यानको वनगाड कुपिण्डे नगरपालिका–१, सल्लीबजारमा नयाँ बजार व्यवस्थापन समिति गठन गरिएको छ । ११ वर्षपछि पहिलोपटक अन्तराल तोड्दै बजार व्यवस्थापन समिति पुनः गठन गरिएको हो । बुद्धिजीवी, समाजसेवी, व्यापारी, पत्रकार, राजनीतिक दलका प्रतिनिधि तथा युवाहरूको सहभागितामा सर्वसम्मत रूपमा समिति चयन गरिएको हो । जसको अध्यक्षमा ईश्वर बुढा, उपाध्यक्षमा तुलाधर नेपाली, सचिवमा मोहलाल साहु, कोषाध्यक्षमा अनिता खड्का रहनुभएको छ । सदस्यहरूः टंक सुनार, विशाल बि.सी., मोहमद आदिल हलुवाई, सजन विष्ट, खिमलाल बस्नेत, पुरन राना, भिम बहादुर बुढा रहनुभएको छ , त्यस्तै, समितिका सल्लाहकारहरूमा शिव बहादुर वलि, भुपाल साहु र दिपक यरी रहेका छन् । भेलामा सहभागीहरूले सल्लीबजारको सफाइ, ढल व्यवस्थापन, मूल्य नियन्त्रण र स्थानीय उत्पादन प्रवद्र्धनमा समितिले सक्रिय भूमिका खेल्ने अपेक्षा व्यक्त गरेका छन्।

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली