सल्यानमा प्रतिनिधि सभा निर्वाचनका लागि ६ दलका उम्मेदवार तय

  • मेरो जिल्ला
  • / मुख्य समाचार /
  • २०८२ माघ ५, सोमबार (४ हप्ता अघि)
  • ७२ पटक पढिएको

सल्यानमा प्रतिनिधि सभा निर्वाचनका लागि ६ दलका उम्मेदवार तय

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सल्यानमा ६ राजनीतिक दलले आफ्ना उम्मेदवार टुंगो लगाएका छन् । दलहरुले नेपाली कांग्रेस बाट केश बहादुर बिष्ट, नेकपा एमाले बाट गुलावजंग शाह, नेपाली कम्युनिस्ट पार्टी बाट रमेश मल्ल, नेकपा (माओवादी) बाट चन्द्रबहादुर खड्का (असल), राष्ट्रिय स्वतन्त्र पार्टी बाट ललित चन्द र राष्ट्रिय प्रजातन्त्र पार्टी बाट अनिसा नेपालीलाई उम्मेदवारीमा अघि सारेका हुन । बिष्ट नेपाली कांग्रेसबाट जिल्ला सभापति समेत हुनुहुन्छ भने २०७४ सालमा जिल्ला समन्वय समिति प्रमुख भैसक्नुभएको छ । यस्तै २०७९ को स्थानीय तह निर्वाचनमा छत्रेश्वरी गाउँपालिकाको अध्यक्ष पदमा पराजित हुनुभएको थियो ।
शाह एमालेका कर्णाली प्रदेश इन्चार्ज समेत हुनुहुन्छ भने २०७४ सालमा सल्यान प्रदेश सभा ‘क’ बाट निर्वाचित हुनुभएको थियो, यस्तै २०७९ को  प्रदेश सभा निर्वाचनमा पराजित भएका थियो ।
नेपाली कम्युनिस्ट पार्टीबाट रमेश मल्ल अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष हुनुहन्छ भने यसअघि पुष्पकमल दाहाल ‘प्रचण्ड’ का स्वकीय सचिव हुनहुनथ्यो । मल्ल पहिलो पटक निर्वाचनमा सहभागी हुँन लाग्नु भएको हो । नेकपा (माओवादी केन्द्र) बाट चन्द्रबहादुर खड्का (असल) पुर्व माओवादी जनमुक्ति सेनाका कमान्डर हुनुहुन्छ भने, साविक नेपाल कम्युनिस्ट पार्टी विप्लपका केन्द्रीय सदस्य भएर हाल नेकपा (माओवादी केन्द्र)का पोलिट ब्यूरो सदस्य हुनुहुन्छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट कर्णाली प्रदेश महामन्त्री तथा पेशाले इन्जिनियर ललित चन्द हुनुहुन्छ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अनिसा नेपाली २०७९ सालको निर्वाचनमा समानुपातिक सांसद हुनुहन्थ्यो ।

छुटाउनु भयो की?

ताजा अपडेट

१ हप्ता अघि

आस कहिल्यै मर्दैन

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली