
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सल्यानमा १६ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
जिल्लाको एकमात्र संघीय निर्वाचन क्षेत्र रहेको सल्यानमा क्रियाशील राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूले सल्यान खलंगा स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन् । मनोनयन दर्ता गर्नेमा नेपाली कांग्रेस, नेकपा ९एमाले०, नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा ९माओवादी केन्द्र, प्रगतिशील लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमोर्चा, संयुक्त नागरिक पार्टी, आम जनता पार्टी, नेपाल मजदुर किसान पार्टी, नेशनल रिपब्लिक पार्टी, श्रम संस्कृति पार्टी, मंगोल नेशनल अर्गनाइजेशन तथा दुई स्वतन्त्र उम्मेदवार रहेका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाली कांग्रेसबाट केशबहादुर विष्ट, नेकपा ९एमाले०बाट गुलाबजंग शाह, नेपाली कम्युनिस्ट पार्टीबाट रमेश कुमार मल्ल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललित चन्द, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अनिसा नेपाली तथा नेकपा ९माओवादी केन्द्र०बाट चन्द्रबहादुर खड्काले उम्मेदवारी दर्ता गराएका छन् ।
यसैगरी प्रगतिशील लोकतान्त्रिक पार्टीबाट सन्तोष राई, राष्ट्रिय जनमोर्चाबाट कमला डाँगी, आम जनता पार्टीबाट मानसिंह कामी, संयुक्त नागरिक पार्टीबाट कालिदास विक, नेपाल मजदुर किसान पार्टीबाट लालबहादुर थापा, नेशनल रिपब्लिक पार्टी नेपालबाट डिल्लीबहादुर घर्ती तथा मंगोल नेशनल अर्गनाइजेशनबाट वालसिंह घर्तीले मनोनयन दर्ता गराएका मुख्य निर्वाचन अधिकृत प्रल्हादकुमार योगीले जानकारी दिनुभयो । उहाँका अनुसार स्वतन्त्र उम्मेदवारका रूपमा धुर्वराज वली र जुद्धबहादुर सिंहले पनि उम्मेदवारी दर्ता गराएका छन् ।
