सल्यानमा निर्वाचनमा खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई तालिम

  • मेरो जिल्ला
  • / मुख्य समाचार /
  • २०८२ फागुन १२, मंगलबार (२ हप्ता अघि)
  • ८४ पटक पढिएको

सल्यानमा निर्वाचनमा खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई तालिम

सल्यानमा यही फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य अनिर्वाचनमा खटिने मतदान अधिकृतहरुलाई मंगलबादेखि तालिम दिन सुरु गरिएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्ने उद्देश्यले दुई चरणमा तालिम सञ्चालन गरिएको जिल्ला निर्वाचनका कार्यालय सल्यानले जनाएको छ । कार्यालयका प्रमुख धिरेन्द्र भण्डारीका अनुसार जिल्लाभर खटिने ४ सय ३० जना मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि तालिमको आयोजना गरिएको हो । पहिलो दिन २ सय २० जनालाई तालिम प्रदान गरिएको छ भने दोस्रो दिन २ सय १० जनालाई तालिम दिइनेछ ।

तालिममा निर्वाचनसम्बन्धी कानुनी प्रावधान, मतदान प्रक्रियाको व्यवहारिक अभ्यास, मतपत्र व्यवस्थापन, मतगणना प्रक्रिया, आचारसंहिता पालना तथा आकस्मिक अवस्थाको व्यवस्थापनबारे अभिमुखीकरण गराइएको छ । सल्यान जिल्लामा १ सय १७ मतदान स्थल कायम गरिएको छ भने २ सय ५ मतदान केन्द्र तोकिएका छन् । ती मतदान केन्द्रमा खटिने गरी ४ सय ३० जना मतदान अधिकृत तथा सहायक मतदान अधिकृत नियुक्त गरिएको छ । साथै जगेडामा रहेका कर्मचारीहरुलाई पनि आवश्यक अभिमुखीकरण प्रदान गरिएको कार्यालयले जनाएको छ । अभिमुखीकरण कार्यक्रमको उद्घाटन कार्यक्रममा बोल्दै मुख्य निर्वाचन अधिकृत प्रल्हादकुमार योगीले निर्वाचनमा खटिने कर्मचारीहरूले पूर्ण रूपमा निष्पक्ष भई कुनै पनि राजनीतिक पक्षधरता बिना जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले स्वच्छ र विश्वसनीय निर्वाचन गराउनु मतदान अधिकृत तथा सहायक मतदान अधिकृतको प्रमुख दायित्व भएको उल्लेख गर्दै आचारसंहिता कडाइका साथ पालना गर्न निर्देशन दिनुभयो । त्यसैगरी प्रमुख जिल्ला अधिकारी महेन्द्रकुमार सापकोटाले सफलतापूर्वक निर्वाचन सम्पन्न गराउन मतदान अधिकृत तथा सहायक मतदान अधिकृतको भूमिका अत्यन्त महत्वपूर्ण रहने बताउनुभयो। उहाँले निर्वाचन प्रक्रियालाई पारदर्शी र विश्वसनीय बनाउन सबै निकायबीच समन्वय र सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो । तालिम सम्पन्न भएपछि सम्बन्धित कर्मचारीहरू आ–आफ्नो तोकिएको मतदान केन्द्रमा खटिनेछन् । निर्वाचनलाई व्यवस्थित, शान्तिपूर्ण र विश्वसनीय बनाउन सम्पूर्ण तयारी तीव्र पारिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

 

छुटाउनु भयो की?

ताजा अपडेट

२ हप्ता अघि

दाई परदेशिएको दिन

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली