बुवाको पुन्यतिथिमा अस्पतालका बिरामी र विद्यार्थीलाई सहयोग

  • मेरो जिल्ला
  • / अन्य /
  • २०८२ अषाढ २०, शुक्रबार (४ दिन अघि)
  • २५४ पटक पढिएको

बुवाको पुन्यतिथिमा अस्पतालका बिरामी र विद्यार्थीलाई सहयोग

आफ्ना दिवंगत पिता ओविराम चलाउनेको पुण्यतिथिको अवसरमा सल्यान सिद्ध कुमाख गाउँपालिका–२ निवासी गोविन्द चलाउनेले सामाजिक उत्तरदायित्व स्वरूप उल्लेखनीय कार्य गर्नुभएको  छ ।  उहाँले सल्यान जिल्ला अस्पतालमा उपचाररत ३२ जना बिरामीलाई फलफूल वितरण गर्नुका साथै दुई विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री र खेलकुद पोशाक प्रदान गर्नुभएको हो । उहाँका अनुसार  बुबाको वार्षिक पुण्यतिथिमा अनावश्यक खर्च कटौती गरी सो रकम सामाजिक कार्यमा उपयोग गर्ने सोचका साथ यो कार्यक्रम आयोजना गरिएको हो। उहाँले भन्नुभयो, धार्मिक कर्मकाण्ड वा भोजभतेरमा खर्च गर्ने सट्टा समाजका विपन्न वर्ग र बालबालिकालाई प्रत्यक्ष सहयोग पुर्याउन पाउँदा सन्तोष मिलेको छ।

उहाँले सिद्ध कुमाख गाउँपालिका–२ स्थित देउराली माध्यमिक विद्यालयका २० जना र वडा नं। ३ स्थित बाल कल्याण आधारभूत विद्यालय फलाटेका १२ जना गरी कुल ३२ जना अति विपन्न, जेहेन्दार, दलित तथा गरिब विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गर्नुभएको हो। साथै बाल कल्याण विद्यालयलाई ७ सेट गेम ड्रेससमेत वितरण गरिएको छ।

उहाँका अनुसार बालबालिकालाई स्टेसनरी सामग्रीका साथै खेलकुद पोशाक उपलब्ध गराएर गुणस्तरीय शिक्षामा टेवा पुर्याउने र विद्यार्थीको मनोबल अभिवृद्धि गर्ने उद्देश्य रहेको छ।सामाजिक रूपान्तरणको लागि व्यक्तिको सानो प्रयासले पनि ठूलो सन्देश दिन सक्ने विश्वास राख्दै गोविन्द चलाउनेले यस्तो कार्यलाई निरन्तरता दिने प्रतिवद्धता जनाउनुभएको छ। उहाँले समाजमा सकारात्मक सोच फैलाउने उद्देश्यले निजी पहलमा यस्तो कार्य गरेका हुन्।

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली