
सल्यानको सदरमुकाम खलंगामा यस वर्ष गाईजात्रा विशेष आकर्षणका साथ मनाइएको छ । परम्परागत संस्कृतिको संरक्षण गर्दै यस वर्षको गाईजात्रामा युवा पुस्तालाई विशेष प्राथमिकता दिइएको छ । विशेषतः युवा महिलाको सक्रिय सहभागिता देखिएको यस वर्षको गाईजात्रामा विभिन्न समूहले सांस्कृतिक पोशाकमा सजिएर नृत्य प्रदर्शन गरेका छन् ।
विगतमा गाईजात्रामा महिलाहरु नाच्न हुदैन भन्ने मान्यतालाई तोडदै महिला र युवा पुस्ताको सहभागितामा गित संगीत,स्थानीय बाजागाजासहितको झाँकीले श्रीनगर र सदरमुकामको वातावरण उल्लासमय बनेको छ बिशेष गरि नेवार समुदायले मरेको सम्झनामा मनाउने गाईजात्रामा अन्य जातीको पनि सहभागिता रहेको छ । सल्यान नेवार समाजका अध्यक्ष बिमल श्रेष्ठकाक अनुसार गाईजात्रा केवल संस्कृतिको प्रदर्शन मात्र नभई पुस्तान्तरणको माध्यम भएको बताउनु भयो । जसले युवापुस्तामा सांस्कृतिक चासो र सहभागिता बढाउने अपेक्षा गरिएको छ ।
एक सातासम्म विभिन्न किसिमका जात्रा गरेर यहाँ गाईजात्रा पर्व मनाइन्छ । नेवार समुदायले जनै पूर्णिमाको दिन शनिबार र आइतबार गरी दुई दिन गाईजात्रा पर्व मनाएका हुन् । मृतकको सम्झनास्वरूप गाईजात्रा निकालेर नेवार समुदायले सदरमुकाम खलंगा बजार परिक्रमा गरेका थिए । गाईजात्रा हेर्नका लागि जिल्लाका विभिन्न क्षेत्रबाट सयौं युवकयुवती, वयष्क र ज्येष्ठ नागरिकको सहभागिता थियो । मल्लकालीन राजा प्रताप मल्लकी रानीले छोराको मृत्यु भएपछि विलाप गर्न थालेपछि उनको मन शान्त पार्न राजाले गाईजात्रा निकाल्न लगाई गाईजात्रा पर्व मनाउन थालिएको जनविश्वास रहेकै कारण मृतकको आत्माले शान्ति पाओस् भनेर गाईजात्रा पर्व मनाउने धार्मिक तथा परम्परागत विश्वास रहेको छ ।



उहाँ सरिता मेरो जिल्ला डट कम का लागि सम्पादक तथा संवाददाता हुनुहुन्छ |
