सल्यानमा दोस्रा जिल्ला स्तरीय अन्तरबिद्यालय एमएम कप क्रिकेट प्रतियोगिता सुरु

  • मेरो जिल्ला
  • / अन्य /
  • २०८२ भाद्र ११, बुधबार (४ महिना अघि)
  • ३१२ पटक पढिएको

सल्यानमा दोस्रा जिल्ला स्तरीय अन्तरबिद्यालय एमएम कप क्रिकेट प्रतियोगिता सुरु

सल्यानमा दोस्रा जिल्ला स्तरीय अन्तरबिद्यालय एमएम कप क्रिकेट प्रतियोगिता सुरु भएको छ । एमएम एकेडेमी सल्यानको आयोजनामा बुधबार देखि सल्यान सदरमुकाम लुहापिङको खेल मैदानमा जिल्ला स्तरीय अन्तरबिद्यालय एमएम कप टी–२० क्रिकेट प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको कर्णाली प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले उद्घाटन गर्नुभयो । उद्घाटन गर्दै मन्त्री अधिकारीले जिल्लामा खेलकुद गतिबिधि बढिरहेका बेला सुविधासम्पन्न रंगशाला नहुन आफुलाई दुख लागेको बताउनु भयो । खेल पुर्वाधार निर्माणका लागि प्रदेश र स्थानीय तहको साझेदारीमा काम गर्ने बताउनुभएको छ । खेल मैदानको अभावले प्रतिभाहरूको विकासमा बाधा पु¥याएकाले यसलाई सम्बोधन गर्न आउँदो वर्षको लागि बजेट विनियोजन गरिने बताउनु भयो । खेलले हार र जित दुबैबाट सिक्न सकिने जीवनपाठ दिने बताउँदै उहाँले खेलकूद राष्ट्र र नागरिकको स्वास्थ्यका लागि महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । सल्यानलाई ‘क्रीकेटका लागि चिनिने जिल्ला’ बनाउने गरी योजनाबद्ध रूपमा अगाडि बढ्नुपर्ने मन्त्री अधिकारीले प्रतिवद्धता जनाउनु भयो ।


कार्यक्रममा शारदा नगरपालिका उपप्रमुख सुस्मिता सापकोटा सुनार, सल्यान प्रहरी प्रमुख (डिएसपि) डा. हेम बहादुर केसी, जिल्ला क्रीकेट संघ सल्यानका अध्यक्ष तथा शारदा नगरपालिका–२ का वडाअध्यक्ष सबिन हमाल, नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष डिल्लीराज रावत, एन प्याब्सनका जिल्ला कोषाध्यक्ष मान बहादुर भण्डारी, त्रिभुवन जन माध्यमिक विद्यालय लुहापिङका सहायक प्रधानाध्यापक रुपक शाह लगाएतले बोल्नुभएको थियो ।


१५ गते सम्म चल्ने प्रतियोगितामा ६ वटा सामुदायिक र ७ वटा सस्थागत बिद्यालय गरि १३ वटा बिद्यालयले भाग लिएका छन । प्रतियोगितामा विजेताले रु ३० हजार र उपविजेताले रु २० हजार रुपैयाँ पुरस्कार पाउनेछन । त्यस्तै, म्यान अफ द म्याच, प्लेयर अफ द सिरिज लगायतका विधामा पनि पुरस्कार दिइने आयोजकले जनाएको छ । आज भएको पहिलो खेल निराजन माध्यमिक बिद्यालय ढोरचौर र लङ ग्रीन रिभर सेकेण्डरी स्कुल सल्लीबजार विचमा भएको थियो । १५ ओभरको खेलमा निराजनले दिएको ३४ रनको सामान्य लक्ष्य ग्रिन रिभरले ४ दशमलव १ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । ग्रिन रिभरले ७ विकेटले खेल जितेपनि फर्जी खेलाडी राखेको भनेर उजुरी परेपछि छानविन गर्दा कक्षा १० भन्दा माथिल्लो तहमा अध्ययनरत बिद्यार्थी पनि समावेश गरेको पाइएकाले ग्रिन रिभर अयोग्य भएको र निराजन स्वतः अर्को चरणमा प्रवेश गरेको हो ।


यस्तै अर्को खेलमा मोडर्न तुल्सी सेकेण्डरी श्रीनगरलाई ६ विकेटले हराउदै श्रीनगरकै मित्र प्याराडाइज बोर्डिङ स्कुल अर्को चरणमा प्रवेश गरेको छ । टस जितेर ब्याटिङ रोजेको मोर्डन तुल्सीले ८ दशमलव ३ ओभरमा १० विकेट गुमाएर ५९ रनमात्र जोड्न सक्यो । मोर्डन तुल्सीका अभिषेक थापाले १० बलमा १६ रन तथा निशान्त रेउले ८ बलमा नटआउट १० रन जोड्नभयो । मोर्डन तुल्सीलाई सस्तैमा समेट्ने क्रममा मित्र प्याराडाइजका भरत बुढाथोकीले २ दशमलव ४ ओभरमा एक मेडन राख्दै ६ रन खर्चिएर ५ विकेट दिनुभयो । यस्तै युवन बोहराले ३ तथा दिपक बोहरा र बिवेक केसीले समान १÷१ विकेट दिनुभयो ।
६० रनको लक्ष्य पछ्याएको मित्र प्याराडाइजले ८ दशमलव २ ओभरमा लक्ष्य पुरा गर्यो । मित्र प्याराडाइजलाई जित दिलाउन बिश्वान्त सिंहले १४ तथा बिवेक केसीले नट आउट १० रन जोड्नुभयो । मोर्डन तुलसीको कमजोर बलिङका कारण मित्र प्याराडाइजले २६ अतिरिक्त रन प्राप्त गयो । मोडर्न तुलसीका शिवराज गिरी तथा अभिषेक थापाले २÷२ विकेट लिनुभयो ।


एमएम एकेडेमीका सञ्चालक महेश देवकोटाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा शिक्षक मधुबाबु बुढाथोकीले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको संचालन प्रिन्सीपल पुर्ण बहादुर बस्नेतले गर्नुभएको थियो ।

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली